अखिल क्रान्तिकारी केएमसी को आयोजनामा भदौ २८ गते वकतृत्वकला प्रतियोगिता आयोजना हुँदै

धनगढी - कैलालीको धनगढीमा रहेको कैलाली बहुमुखी क्याम्पसमा अखिल क्रान्तिकारी कैलाली बहुमुखी क्याम्पस इकाई कमिटीको आयोजनामा भदौ २८ गते वकतृत्वकला प्रतियोगिता हुने भएको छ।

विद्यार्थीमा भएको कला र गलालाई प्रस्फुटन गर्ने उद्देश्यले वकतृत्वकला प्रतियोगिता आयोजना गरिएको अखिल क्रान्तिकारी कैलाली बहुमुखी क्याम्पसका अध्यक्ष मिलन भाट (म्याक्स)ले बताए । कैलाली बहुमुखी क्याम्पसमा अध्ययनरत विद्यार्थीहरूलाई महिला हिंसा र यसले समाजमा पर्ने प्रभाव र युवा र राजनीति र समाज रूपान्तरण भन्ने दुईवटा शीर्षक दिएर वकतृत्वकला प्रतियोगिता आयोजना हुन लागेको अध्यक्ष भाटले बताए।

प्रतियोगितामा सहभागी प्रतियोगीमध्ये प्रथम पुरस्कार रु ३,५०० नगद र प्रमाणपत्र रहेको छ भने द्वितीय पुरस्कार रु २,५०० नगद र प्रमाणपत्र रहेको छ। त्यस्तै तृतीय पुरस्कार भने रु १,५०० नगद र प्रमाणपत्र रहेको आयोजक समितिले जनाएको छ। कार्यक्रम भदौ २८ गते बिहान ९ बजेदेखि कैलाली बहुमुखी क्याम्पसको सेमिनार हलमा हुने र कार्यक्रममा सम्पूर्ण क्याम्पसमा अध्ययनरत विद्यार्थीहरूलाई र प्रागिक व्यक्तित्वहरुलाई उपस्थित भइदिनुहुन अखिल क्रान्तिकारी धनगढी उपमहानगरपालिका समिति अध्यक्ष पवन सुनारले अनुरोध गरे।

साथै कार्यक्रममा नामदर्ता निःशुल्क रहेको समेत नगर अध्यक्ष सुनारले जनाए ।

ad_wide