धनगढी - अखिल क्रान्तिकारी कैलारी गाउँपालिकाको आयोजनामा बाल दिवस विशेष वकतृत्वकला प्रतियोगिता हुने भएको छ।
बालबालिकामा भएको क्षमताको प्रस्फुटन गर्ने उद्देश्यले अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन क्रान्तिकारीले सो कार्यक्रम आयोजना गर्न लागेको हो। २९ गते बाल दिवस परेको र बाल दिवसकै अवसर पारेर २८ गते सो कार्यक्रम आयोजना गरिएको अखिल क्रान्तिकारी कैलारी गाउँपालिका कमिटी अध्यक्ष जोनिस चौधरीले जानकारी दिए। कार्यक्रम भाद्र २८ गते बिहान ११ बजेदेखि कैलारी गाउँपालिका वडा नम्बर १ दिपेन्द्र माविको प्राङ्गणमा हुन गइरहेको अध्यक्ष चौधरीले बताए ।
कार्यक्रममा कैलारी गाउँपालिका भरिका कक्षा ९ र १० का विद्यार्थीहरूले सहभागिता जनाउन पाउने र प्रतियोगीमध्ये प्रथम पुरस्कार डायरी कलम प्रमाणपत्र मेडल सहित नगद रु २ हजार ५ सय, द्वितीय पुरस्कार डायरी कलम प्रमाणपत्र मेडलसहित नगद रु १ हजार पाँच सय त्यस्तै तृतीय पुरस्कार डायरी कलम प्रमाणपत्र मेडल र नगद रु १ हजार त्यस्तै सान्त्वना पुरस्कार नगद रु ५ सय कलम र प्रमाणपत्र प्रदान गरिने आयोजक समितिले जनाएको छ।
वकतृत्वकला प्रतियोगिताको शीर्षक बालबालिकामा लागू औषधले पार्ने प्रभाव रहेको छ