सम्बन्ध भनेको मानिसको जिवनको अभिन्न हिस्सा हो । हरेक व्यक्तीहरुको जिवनमा फरक फरक प्रकारका सम्बन्धहरु हुन्छन् पारिवारिक, साथित्व, प्रेमिक र व्यवसायिक आदि ।
अझै प्रेमाक्षेत्रमा भन्ने हो भने अचम्मका सम्बन्ध एकदमै अनौठो एवम् अद्भुत अनुभव समेत बनाउदछ । कुनै दुई व्यक्ती बिचको सम्बन्धभित्र भिन्न पृष्ठभुमी र भिन्न संस्कृती बाट जोडिई फरक किसिमको आकर्षणले जोड्न सक्छ । बिभिन्न सामाजिक, पारिवारिक चुनौतीहरुलाई चिर्दै अद्धितिय कथा समेत लेख्न सकिन्छ ।
सामान्यतया, सम्बन्ध चयन गर्दा विचार, व्यवहार र रुचिसँग मेल खाएको हुनु पर्ने हुन्छ, संसारका अनेक प्रकारका सम्बन्धले जिवनलाई रोचक र रङ्गीन बनाउदछन् धेरैजसो सम्बन्धहरुमा सद्भाव प्रेम र आपसी सम्मान समेतको अपेक्षा समेत राखेको हुन्छ ।
कतिपय सम्बन्धमा अचम्मको सम्बन्ध हुन्छ जसले एक अर्कालाई चमत्कारिक रुपमा अध्ययन गर्ने र व्यक्त गर्न समेत प्रेरित गर्न सक्छ । कतिलाई सम्बन्धको पिरियड निकै अध्ययनको थलो बन्न सक्छ भने कतिपयलाई ठुलो भारी बन्न सक्छ ।
अचम्मका र अनौठा सम्बन्धले जिवनमा आफुलाई सम्हालेर हिड्ने गरी बाटो कोर्न सक्छ, भने कुनै व्यक्तीसँग छुट्टिन र जोडिन भने सम्बन्धले नै छेकेको हुन्छ न छुट्टिन सकिने र न जोड्न सकिने अचम्म र अनौठो सम्बन्धले गर्दा जिवनमा ठुलो पाठ समेत सिक्न सकिन्छ ।
चयन गर्ने सम्बन्धभन्दा अन्य स्वतः स्थापित सम्बन्धमा भने बिचार, व्यवहार, रुचि र सम्मानको कुनै अपेक्षा समेत राखिएको हुँदैन तै पनी चयन गरेर जोडिएका भन्दा स्वतः स्थापित सम्बन्धले अझै बढी जिवनलाई रोचक र रङ्गीन बनाउदछन् भने केवल सम्बन्धका लागी मात्रै स्वतः स्थापित जुन सम्बन्धहरु हुन्छन चयन भई जोडिएका भन्दा अचम्म र अनौठा हुने गर्दछन् ।
तर कहिलेकाँही एकअर्काको विपरित विचार, व्यवहार र स्वभावका बाबजुद पनि बिशेष सम्बन्ध बनाउन सकिन्छ ।
✍️-जयन्त भाट बैतडी ।