अछामको तुर्माखाँदमा आपतकालिन सुचना प्रणाली निर्माण

अछाम- अछामको तुर्माखाँद गाउँपालिकामा आपतकालिन सुचना प्रणाली निर्माण गरिएको छ ।

प्राकृतिक प्रकोप र समस्याको बेला सुुचना दिने उद्देश्यले सो प्रणालिको स्थापना गरिएको हो । आज एक कार्यक्रमका बिच उक्त आपलकालिन सुचना प्रणालीको उत्घाटन गरिएको सनराइज टेलिभिजन अछामका संवाददाता धन बहादुुर बुुढाले बताए ।

उक्त सुचना कार्यशाला सुचना प्रर्णाली तुर्माखाँद गाउँ पालिका वडा नः४ को वडा कार्यलयको सभाहलमा् तुर्माखाँद गाउपालिकाका उपाध्यक्ष तथा हाल कार्यभार अध्यक्ष बिमला कुमारी शाहीको सभाध्यक्षतामा कार्यक्रम शुभारम्भ भएको थियो् । भने जसमा तुर्माखाँद गाउँ पालिकाका प्रमुख प्रशासकिय अधिकृत चन्द्रदेब भट्ट ,योजना शाखा प्रमुख प्रम बहादुर बुढा, प्राबिधक पुर्बाधार शाखा प्रमुुख बिनोद कुमार शाही, सुचना प्रबिधिक शाखा प्रमुख सज्जन बहादुर बुढा र प्रहरी प्रशासन र अन्य संघ,सस्थाका प्रमुखहरुको उपस्थिति रहेको थियो।

कार्यक्रममा सुचना र आपतकालि सुचना सम्बन्धी वाक नेपाल परियोजनामा कार्यरत शिबराज ढुङ्गाना, र रेडक्रस अछाम शाखाका प्रमुख धनराज केशीले सहभागिहरुलाई जानकारी गराएका थिए । सो ३० जना कार्यशालामा सहभागी रहेका थिए । उक्त कार्यशालाको सन्चालन जनक बहादुर थापाले गरेको संवाददाता बुुढाले बताए ।

ad_wide