अछामको तुर्माखादमा विपद जोखिम न्यूनीकरण सम्बन्धी नमुना अभ्यास कार्यक्रम सम्पन्न

धनगढी - अछामको तुर्माखाद गाउँपालिकामा विपद जोखिम न्यूनीकरण परियोजना अन्तर्गत पालिका स्तरीय विपद जोखिम नमुना अभ्यास कार्यक्रम सम्पन्न भएको छ।

मोफा जापानको आर्थिक सहयोग तथा वर्डभिजन इन्टरनेसनल नेपाल वाकको साझेदारीमा सो कार्यक्रम आयोजना भएको गाउँपालिकाले जनाएको छ।

 उक्त कार्यक्रममा समुदायमा आधारित विपद जोखिम न्यूनीकरण परियोजना अन्तर्गत विभिन्न तालिमहरू प्रदान गरिएको अछामका स्थानीय पत्रकार धनबहादुर बुढाले बताए।

पालिका स्तरमा बहुप्रकोपमा आधारित न्युनतम नमुना अभ्यास कार्यक्रममा तुर्माखाँद गाउँपालिकाका गाउँ कार्यपालिकाका सदस्य एबं कार्यवाहक अध्यक्ष:- झंकर बहादुर नेपाली , प्रशासन अधिकृत चक्र देब भट्ट, प्रेम बहादुर बुढा, तुर्माखाँद गाउँ पालिका वडा नम्बर ४ का अध्यक्ष पदम बहादुर बुढा, वडा नम्बर ४ के महिला सदस्य भर्दा देबि सावद, नेकपा माओवादी तुर्माखाँद गाउँ कार्यसमिति का अध्यक्ष मान बहादुर बयक, वाक नेपाल प्रमुख शिबराज ढुङ्गाना, सुजन बि.क. तुर्माखाद खेलकुद संयोजक कमल बहादुर बुढा , तथा स्थानीय र पत्रकारहरूको उपस्थिति रहेको पत्रकार बुढाले बताएका छन्। तालिममा सञ्चालन भने जनक थापाके गरेका थिए।

ad_wide