अछाममा भिरबाट लडेर १८ वर्षीय युवक घाइते

अछाम - अछाममा भिरबाट लडेर १८ वर्षीय युवक घाइते भएका छन्। रामारोशन गाउँपालिका–५ का १८ वर्षीय गोकुल बुढा भिरबाट लडेर घाइते भएका हुन ।

घर नजिकै घाँस काट्न गएका बुढा घाँस काट्नेक्रममा भिरबाट लडेर घाइते भएको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ । घाइते बुढाको न्याय हेल्थ अस्पताल बयलपाटामा उपचार भइरहेको छ।

WhatsApp Image 2024-10-09 at 9.45.27 AM