अछाम -अछाम जिल्लाको तुर्माखाँद गाउँपालिका वडा न:-३ भैरबस्थान लकान्द्र मा सर्पले डस्दा एक किशोरीको मृत्यु भएको छ।
धुर्ब बुढाकी छोरी बर्ष १३ वर्षीय छोरी कल्पना बुढाको हिजो दिउँसो करिब ४ बजेतिर आफ्नै बारीमा घाँस काट्ने क्रममा सर्पले टोकेको थियो।
परिगणेन भन्ने स्थानमा आफ्नै मकै बारीमा गाई भैसीलाई खुवाउनका लागि घाँस काट्ने क्रममा सर्पले डसेर कल्पनाको मृत्यु भएको स्थानीय पत्रकार धनबहादुर बुढाले बताएका छन्।
कल्पना सोही स्थानको भैरव माध्यमिक विद्यालय लकान्द्रमा कक्षा ५ मा अध्यानरत रहेको पत्रकार बुढाले बताएका छन्। ।