बुधबार, जेष्ठ १, २०८२

अत्तरियाका अटोचालकले भेटिएको सुनको सिक्री धनीलाई फिर्ता गरे

गोदावरी नगरपालिका–३ मालिका टोलका अटोचालक कर्णबहादुर अधिकारीले सडकमा भेटिएको सुनको सिक्री सम्बन्धित व्यक्तिलाई फिर्ता गरेका छन्। उनले सिक्री इलाका प्रहरी कार्यालय मालाखेतीका निमित्त प्रमुख प्रहरी निरीक्षक दानसिंह भण्डारीको रोहवरमा फिर्ता गरेका हुन्।

अधिकारीले आइतबार दिउँसो अत्तरियास्थित मालाखेती अस्पताल नजिकको सडकमा करिब एक तोलाको सिक्री फेला पारेका थिए। सोमबार उनले सिक्री सरस्वती टोलका महानन्द भट्टलाई जिम्मा दिएका हुन्।

सिक्री फिर्ता पाएपछि भट्टले अटोचालक अधिकारीप्रति आभार व्यक्त गर्दै भने, “म उहाँप्रति आजीवन आभारी रहनेछु।”

मानवता र इमान्दारताको उत्कृष्ट उदाहरण प्रस्तुत गर्ने अधिकारीको प्रशंसा स्थानीय स्तरमै भइरहेको छ।

ad_wide