बुधबार, जेष्ठ १, २०८२

अत्तरियाका युवा व्यवसायी ज्ञानेन्द्र खड्का पक्राउ

कैलालीको अत्तरियाका व्यवसायी ज्ञानेन्द्र खड्का पक्राउ परेका छन् ।

उनलाई माथिको आदेशमा आज दिउँसो अत्तरिया क्षेत्रबाट पक्राउ गरिएको इलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ ।
सञ्जाल ठुलै रहेको भन्दै उनलाई पक्राउ गर्नुको कारण भने प्रहरीले खुलाएको छैन।

उनी सँगै अन्य ३ जना व्यापारी पक्राउ परेका उनले बताए । ‘अहिले एकदम गोप्य छ भन्न मिल्दैन’ उनले भने ‘बिभिन्न ठाउँमा २र३ जना पक्राउ परेका हुन । अहिले के सम्बन्धी हो भनेर भन्न मिल्दैन ।’

प्रहरी श्रोतका अनुसार उनीहरूलाई आइतबार नै अदालतमा पेस गरेर ७ दिनको म्याद लिएर अनुसन्धान गरिरहेको छ ।

ad_wide