अत्तरियाका विद्युत कर्मचारीमाथि दिनदहाडै खुकुरी प्रहार गर्ने मार्टेन पक्राउ

कैलाली –  कैलालीको अत्तरियामा विद्युतका कर्मचारीमाथि दिनदहाडै खुकुरी प्रहार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । अत्तरिया नो लाइटमा फोर म्यानका रूपमा कार्यरत सुन्दरलाल चौधरीमाथि खुकुरी प्रहार गरेको आरोपमा मार्टेन भनिने २० वर्षीय प्रविन शाही पक्राउ परेका हुन ।

उनलाई सोमबार गेटा क्षेत्रबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

चौधरीमाथि फागुन २२ गते कार्यालय परिसरमै खुकुरी प्रहार भएको थियो । तीन मोटरसाइकलमा आएका ६जनाको समूहले चौधरीमाथि खुकुरी प्रहार गरेको थियो । अन्यको खोजी जारी रहेको प्रहरीले जनाएको छ ।

खुकुरी प्रहारबाट घाइते भएका चौधरीको काठमाडौँको मेडिसिटी हस्पिटलमा उपचार भइरहेको छ ।

ad_wide