धनगढीः कैलालीको अत्तरियास्थिति मोहना अत्तरिया ६ लेन सडकको डिभाइडरमा ठोक्किएर हाइस दुर्घटना भएको छ। मंगलबार बिहान सुदूरपश्चिम ००१ ज ०५४४ इलेक्ट्रिक हाइस सडकको बिच भागको डिभाइडरमा ठोक्किएको थियो।
दुर्घटनामा कुनै मानवीय क्षति भएको विवरण प्राप्त नभएको इलाका प्रहरी कार्यालय मालाखेतीका डिएसपी गंगाबहादुर थापाले जानकारी दिए। उनका अनुसार हाइस नियन्त्रणमा लिइएको छ।