धनगढी – नेकपा एमालेले कैलालीले गणतन्त्रका पक्षमा मोटरसाइकल र्याली निकालेको छ ।
एमालेले संघीय लोकतान्त्रिक गणतन्त्रका पक्षमा सोमबार ९आज० प्रदेशका ९ वटै जिल्लामा शक्ति प्रदर्शनगर्ने कार्यक्रम अनुसार कैलालीको अत्तरियामा पनि मोटरसाइकल ¥याली निकालिएको हो ।
अत्तरियाबाट सुरु भएको मोटरसाइकल ¥याली धनगढी गएर कोणसभामा परिणत भएको थियो । कैलालीमा मात्र तीन ठाउँमा मोटरसाइकल ¥याली निकालिएको एमाले कैलालीले जनाएको छ ।
अत्तरियादेखि धनगढीसम्म तथा घोडाघोडी र टीकापुरमा छुट्टाछुट्टै मोटरसाइकल ¥याली निकालिएको हो । पहिलो चरणमा सबै जिल्लामा मोटरसाइकल ¥याली तथा जागरण भेला गर्न लागेको एमालेले २९ चैतमा भने धनगढीमा विशेष जनसभा गर्ने तयारी गरेको छ ।
संघीय लोकतान्त्रिक गणतन्त्रको पक्षमा एमालेले शक्ति प्रर्दशन गर्ने लक्ष्यसहित विशेष जनसभा आयोजना गरिरहेको हो । जनसभालाई एमालेका केन्द्रीय नेताहरुले सम्बोधन गर्न सुदूरपश्चिम प्रदेश कमिटीले जनाएको छ ।