धनगढी– कैलालीको धनगढीमा अनुपमा कर्पोरेट लिग–२ भेट्रान कप क्रिकेट प्रतियोगिताको ट्रफि सार्वजनिक गरिएको छ ।
धनगढी पुरानो भन्सार रोडमा रहेको अनुपमा बेकरी एण्ड क्याफेको आयोजनामा आगामी चैत्र ५ गतेदेखि १४ गतेसम्म धनगढी उपमहानगरपालिका वडा नम्बर ३ स्थित चन्द्र सुर्य खेल मैदानमा हुन लागेको भेट्रान कपको ट्रफि शनिबार सार्वजनिक गरिएको हो ।
ट्रफि धनगढी उपमहानगरपालिका वडा नम्बर ३ का वडा अध्यक्ष राजबहादुर ऐरले अनावरण गरे ।
वडा अध्यक्ष राजबहादुर ऐरले क्रिकेटमा नीजी क्षेत्रबाट भइरहेको प्रयास सर्हानिय रहेको बताए । खेलका लागि सबैले आ–आफ्नो क्षेत्रबाट योग्दान दिनुपर्ने बताए ।
प्रतियोगिताको विजेतालाई नगद रु ७५ हजार र उपविजेताले ३५ हजार प्रदान गरिने प्रतियोगिता संयोजक तथा अनुपमा बेकरीका सञ्चालक दिनेश पन्तले बताए ।
प्रतियोगिताको सर्वोकृष्ट खेलाडीलाई नगद रु १० हजार, उत्कृष्ट व्याटर र बलरलाई जनही ५ हजार प्रदान गरिने छ ।