धनगढी- शिक्षा र संस्कारको संगम ; प्रकृति र संस्कृतिको सम्मानका लागि चैतन्य पाठशालाका नामले परिचित विद्यालयले विहानी प्रार्थना सभाको अवसर पारी चैतन्य पाठशालाकी पुर्व विद्यार्थी तथा अन्तर्राष्ट्रिय क्रिक्रेट खेलाडी स्नेहा महरालाई सम्मान गरेको छ।
सम्मान कार्यक्रममा बोल्दै आफुले विगतका दिनमा स्टोन ब्रिज हुदा आफुले कक्षा नर्सरी देखि लगनशील भएर यसै विद्यालयबाट कक्षा १० सम्मको अध्ययन गरेको र अध्यनसम्म विद्यालयले आफुलाइ यहाँसम्म पुर्याउन ठूलो योगदान दिएको कुरा अन्तर्राष्ट्रिय क्रिकेट खेलाडी स्नेहा महराले बताइन् ।
प्रार्थना सभामा बोल्दै विद्यालयका प्रधानाध्यापक कटक बहादुर सिँहले विद्यार्थीमा हुनु पर्ने लगन र मिहिनेत स्नेहामा थियो त्यसै कारण आज यहाँसम्म पुगेको र यो सफलतामा आफुलगायत विद्यालय परिवार निकै खुशी भएको कुरा व्यक्त गरे । यसै समारोहका बिच सिँहले विद्यालयको वार्षिकोत्सबको सु अवसर पारी महरालाई रु. ५०,००० नगद पुरस्कार राशीले सम्मान गर्ने समेत घोषणा गरेका छन् ।