धनगढी -विश्व हिन्दु परिषद् नेपाल सुदूरपश्चिम प्रदेशको समन्वय तथा पुनर्वास नगर समितिको आयोजनामा र गेटा आँखा अस्पतालको प्राविधिक सहयोगमा कञ्चनपुरको पुनर्वास नगरपालिकामा निःशुल्क आँखा शिविर आयोजना हुने भएको छ।
आँखामा समस्या भएका बिरामीहरूलाई मध्यनजर गर्दै विश्व हिन्दु परिषद् नेपालले कञ्चनपुरको पुनर्वास नगरपालिका ३ मा रहेको जनकल्याण माध्यमिक विद्यालयमा भोलि अर्थात् कार्तिक १० गते एक दिने निःशुल्क आँखा शिविर आयोजना हुन लागेको हो।
निःशुल्क अपरेसन सहितको सेवा आँखा शिविरमा रहेको हुनाले सम्पूर्ण आँखासम्बन्धी समस्या रहेका बिरामीहरूले समयमै आफ्नो नाम दर्ता गराई जनकल्याण माध्यमिक विद्यालयमा उपस्थित हुन समेत विश्व हिन्दु परिषद् नेपाल सुदूरपश्चिम प्रदेश सम्भाग अध्यक्ष महेन्द्रराज पन्तले अनुरोध गरेका छन्।
शिविर बिहान ८ बजेदेखि सञ्चालन हुने समेत अध्यक्ष पन्तले बताएका छन्।