बुधबार, जेष्ठ १, २०८२

अबैध रकमसहित कैलालीका विभिन्न स्थानबाट दुई जना पक्राउ

धनगढी– कैलालीबाट स्रोत नखुलेको अबैध नेपाली रकमसहित एक भारतीय नागरिक सहित दुई जना पक्राउ परेका छन । भजनी नगरपालिका वडा नम्बर ५ गुलरीयाघाट भन्सार कार्यालय नजिकैबाट अबैध रकमसहित मंगलबार उनीहरुलाई पक्राउ गरिएको हो ।
पक्राउ पर्नेमा भारत उत्तर प्रदेश लखिमपुर खिरी जिल्ला तिकुनिया बस्ने ३२ वर्षिय अमन कुमार गर्ग र टीकापुर वडा नम्बर १ बस्ने अर्मन चौधरी रहेका छन ।
गर्गले चलाई रहेको युपी ३२ एचएच ६७५३ नम्बरको भारतीय मोटरसाइकललाई चेकजाच गर्दा निजले सुर्के थैलीमा कम्मरमा बाधेर राखेको स्रोत नखुलेको अबैध नेपाली रकम आठ लाख ९६ हजार छ सय ६० बरामद भएको जनाइएको छ ।
गर्गबाट रकम बरामद गरी उक्त रुपैया, मोटरसाइकल र निज समेतलाई नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि भन्सार कार्यालय सत्ती पठाईएको र जिल्ला कैलाली टिकापुर नगरपालिका वडा नम्बर १ बस्ने बर्ष १९ को अर्मन चौधरीले स्रोत नखुलेको अबैध भारतीय रुपैया लुकाई–छिपाई राखेको छ भन्ने सुचनाको आधारमा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
ईलाका प्रहरी कार्यालय टिकापुर कैलालीबाट खटी गएको प्रहरी टोलीले चौधरीले संचालन गरेको अर्मन धागा एण्ड टेलरिङ सप्लायर्स पसलमा चेकजाँच निजको साथबाट भारतीय मुद्रा पाँच लाख एकतीस हजार चार सय फेलापारी रितपूर्वक बरामद गरिएको थियो ।
चौधरी समेतलाई नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि राजश्व अनुसन्धान कार्यालय कोहलपुर, बाँके बुझाउने तयारी भईरहेको प्रहरीको भनाई छ ।

ad_wide