धनगढी । सुदूरपश्चिमको अस्थायी राजधानी धनगढीको तापक्रम ४४ डिग्री सेल्सियस नाघेको छ । बुधबार मापन गरिएको रेकर्ड ब्रेक गर्दै बिहीबार ४४.१ डिग्री सेल्सियस मापन गरिएको मौसम तथा विज्ञान विभाग अन्तरगतको महाकाली बेसिन फिल्ड कार्यालय अत्तरियाले जनाएको छ।
कार्यालयका मौसम विज्ञान सहायक सिंगल चौधरीले दिउँसो मापन गरिएको रेकर्डअनुसार बुधबार ४३.३६ डिग्री थियो भने आज ४४.१ डिग्री सेल्सियस मापन भए सँगै हिजोको रेकर्ड ब्रेक भएको छ ।
यो रेकर्ड यो वर्षकै सर्वाधिक भएको मौसम तथा विज्ञान विभागले जनाएको छ ।