सनराईज टिभि न्युज
काठमाडौँ – नेपाली बजारमा आज बिहीबार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबारका लागि १ लाख ७० हजार ७ सय रुपैयाँ तोकिएको छ । बुधबार प्रतितोला १ लाख ७० हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो । यसअघि फागुन १३ गते सुनको भाउ १ लाख ७१ हजार ३ सय रुपैयाँसम्म पुगेको थियो । बिहीबार चाँदीको भाउ पनि बढेको छ । अघिल्लो दिन प्रतितोला १९५० रुपैयाँमा कारोबार भएकोमा बिहीबारका लागि प्रतितोला १९८५ तोकिएको छ ।