काठमाडौँ - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफूलाई पक्राउ गर्ने निर्णय भए प्रतिवादमा उत्रने बताएका छन् ।
आइतबार राति केन्द्रीय कार्यालयमा उपस्थित कार्यकर्तालाई सम्बोधन गर्दै लामिछानेले आफूलाई जेल पठाउने निर्णयको प्रतिवाद गर्ने घोषणा गरेका हुन् । ‘ ध्यान बचत फिर्ता गराउनेमा छैन, यिनको ध्यान रवि लामिछानेलाई जेल पठाउनेमा छ, रास्वपालाई सिध्याउनेमा छ । जुन हामी हुनै दिदैनौ । कुनै हालतमा हुन दिदैनौ’, उनले भने ।
आज नेपाल सरकारका गृहमन्त्रीले रवि लामिछानेलाई जहाँ र जुनसुकै अवस्थामा भएपनि पक्राउ गर्न निर्देशन दिएपछि राष्ट्रिय स्वतन्त्र पार्टीको कार्यालयमा कार्यकर्ताहरूको भिड जम्मा भएको हो।
सरकारले यो निर्णय फिर्ता नलिएमा देशभरिबाट नै जनलहर उत्रिने र सरकारको भण्डाफोर गर्ने राष्ट्रिय स्वतन्त्र पार्टीका सदस्य तथा कार्यकर्ताहरूको भनाइ रहेको छ ।