कैलाली - आस्था फूडवेयर इन्डस्ट्रियल प्रालिले बर्दियाको ठाकुरद्धावारमा डिलर मिट आयोजना गरेको छ ।
सुदूरपश्चिम प्रदेश र लुम्बिनी प्रदेशका आफ्ना प्रतिनिधीहरुको उपस्थितिमा कार्यक्रमको आयोजना गरिएको हो । आस्था फूडवेयरका अध्यक्ष दीपक प्रकाश चापागाईँ सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा ठाकुरबाबा उद्योग वाणिज्य सङ्घका अध्यक्ष गणेश कुवर प्रमुख अतिथि रहेका थिए ।
आस्था फूडवेयरका सेल्स डाइरेक्टर तथा जुत्ता चप्पल उत्पादक सङ्घका केन्द्रीय सदस्य चोरा प्रसाद पाठकले कार्यक्रमबारे जानकारी गराउँदै स्वागत गरेका थिए । दीप प्रज्वलन गरेर उद्घाटन गरिएको कार्यक्रममा प्रमुख अतिथि ठाकुरबाबा उद्योग वाणिज्य सङ्घका अध्यक्ष कुवरले आस्था फूडवेयले नेपाली उद्योगी व्यवसायीहरूलाई ऊर्जा दिएको बताएका थिए । उनले स्वदेशी उत्पादन गरिरहेको आस्था फूडवेयले छोटो समयमै ठुलो सफलता हात पारेको बताएका थिए । फूडवेयका अध्यक्ष चापागाईँले सबैको साथ सहयोगका कारण छोटो समयमा सबैको लोकप्रिय भएको बताएका थिए । २०७५ सालबाट नेपालमै केही गर्नपर्छ भन्ने हिम्मत गरेर उद्योग सुरु गरेको उनले बताए । उनले आगामी दिनमा पनि आस्था फूडवेयरलाई यस्तै साथ दिन सबैलाई आग्रह गरेका थिए । आस्था फूडवेयरले स्वदेशमै उत्कृष्ट चप्पल बनाउँदै आइरहेको छ ।