इमरल्ड एकेडेमीमा अध्ययनरत विद्यार्थीहरूले गरे मानव सेवा आश्रममा अवलोकन सँगै सहयोग

धनगढी - धनगढीमा रहेको इमरल्ड एकेडेमीमा अध्ययनरत विद्यार्थीहरूले मानवताको मन्दिरको रूपमा परिचित धनगढीमा रहेको मानव सेवा आश्रममा अवलोकनसँगै खाद्यान्न सहयोग गरेका छन्।

विद्यार्थीहरूलाई समाजमा रहेका यथार्थ घटनाहरू र समस्याहरू अवगत गराउन आज एकेडेमीमा अध्ययनरत विद्यार्थीहरूलाई मानव सेवा आश्रमको अवलोकन गराइएको हो । पछिल्लो समयमा सडक मानवको संख्या बढ्दै गएको र यसको सुधार गर्न सबैलाई सजक गराउन समेत यो अवलोकनले सहयोग पुग्ने एकेडेमीले विश्वास लिएको छ ।

विद्यालयका शिक्षक विद्यार्थीहरूको उपस्थिति रहेको अवलोकनको क्रममा मानवसेवा आश्रममा आश्रित लक्ष्मी नारायणहरुलाई सहयोग पुगोस भन्ने उद्देश्यले खाद्यान्न वस्तु चामल लगायत विभिन्न पेय पदार्थ समेत आश्रमलाई सहयोग गरेको छ । एकेडेमीमा अध्ययनरत विद्यार्थीहरूले भ्रमण खर्चबाट केही खर्च बचाएर आश्रमलाई सहयोग गरेको र विद्यालयमा विद्यार्थीलाई पढाइ बाहेक वातावरणीय ज्ञान पनि आर्जन गरुन् भन्ने उद्देश्यले मानव सेवा आश्रममा अवलोकन गराइएको एकेडेमीका प्रधानाध्यापक दिल राम चौधरीले बताए ।

ad_wide