एआईजी भट्टराईलाई समन्वय विभागको जिम्मेवारी

काठमाडौं – नेपाल प्रहरीको अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवा भएका जनक भट्टराईलाई प्रदेश समन्वय विभागको जिम्मेवारी दिइएको छ। मंगलबारको मन्त्रिपरिषद् बैठकले २ सातापछि अनिवार्य अवकाश हुने भट्टराईलाई एआईजीमा बढुवा गर्ने निर्णय गरेको थियो।

त्यसअघि नै बढुवा समितिले उनलाई बढुवा गर्न सिफारिस गरेको थियो। डीआईजी हुँदा कर्णाली प्रदेश प्रहरी प्रमुख रहेका उनलाई एआईजीमा भने रिक्त स्थानमै पदस्थापन गरिएको हो।

एआईजी रवीन्द्र केसीले भट्टराईलाई बढुवा गर्नकै लागि माघ २५ गते राजीनामा दिएका थिए। उनको राजीनामापछि रिक्त स्थानमा मन्त्रिपरिषद्ले भट्टराईलाई पदस्थापन गरेको हो। उनलाई बुधबार प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले दर्ज्यानी चिह्न प्रदान गरिसकेका छन्।

ad_wide