बैतडी - विकट मानिएको बैतडीको दोगडाकेदार गाउँपालिका वडा न १ को साविक रिम गाउँविकास समिति वडा न ६ मा स्थानीय युवाहरूको पहलमा पहिलो पटक बिजुली बलेको छ ।
नेपाल मा पहिलो पटक चन्द्रज्योति जलविद्युत बाट श्री ३ चन्द्रशमशेरको घरमा बिजुली बत्ति बलेको ११३ बर्ष पछि हिजो २०३८ सालदेखि प्रकाशित हुँदै आएको राष्ट्रिय पात्रो अठोला पञ्चाङ्गको केन्द्रीय कार्यालय समेत रहेको घर सँगै लामो समय देखि अन्धकारमा रहेका दर्जनौं घरमा समेत विद्युतीकरण हुने भएको छ ।
लामो समयदेखि अन्धकारमा बस्दै आएका स्थानीयहरु दशकौँँ लामो अथक प्रयास पछि हिजो आएर गाउँमा बिजुली पुगे पछि स्थानीय हर्षित बनेका छन् ।
अहिले कम्तीमा पनि पुरै रिम गाउँ मा बिजुली बाल्न सकिएको भए गाउँ बासीको मुहारमा देखिने त्यो मुस्कानले बेग्लै आनन्द प्रदान गर्थ्यो होला । यति लामो प्रयास गर्दा पनि सरकारी पक्ष बाट समन्वय नहुँदा लामो समय सम्म बिजुली देखि बञ्चित रहेका स्थानीय अहिले हर्षित रहेको स्थानीय एवं अधिवक्ता भीष्म जोशीले बताए ।
उनले हाम्रो आड टोलमा बिजुली बाल्ने यो पुनित कार्यमा प्रत्यक्ष - अप्रत्यक्ष रुपले सहयोग पुर्याउने सबै आत्मिय हृदय र प्रिय मनहरुमा हार्दिक धन्यवाद र आभार व्यक्त गर्दै अझ पूर्ण रुपमा गाउँ विद्युतीकरण गर्न सकेमा सरकारी पक्ष र सरोकार वाला प्रति स्थानीय आभारी रहने अधिवक्ता जोशीले बताए ।
साथै गाउँमा विद्युतीकरण गर्ने कार्यमा प्रत्यक्ष सहयोग गर्ने नेपाल विद्युत प्राधिकरण बैतडी बितरण केन्द्रका प्रमुख जनार्दन पौडेल, खोचलेक फ्युज सेवा का प्रमुख अखिलेश कुमार सिंह र बासुदेव भट्ट लगायत सम्पूर्णलाई समेत स्थानीयले धन्यवाद दिएका छन् ।