सुदिप थापा धनगढी- अत्तरियाको कृषि उपजथोक बजार तथा सब्जी मण्डी भित्र रहेको एमके एग्रिकल्चर ग्रुप प्रालीको ठगीधन्दा सतहमा आएको छ।
लामो समयदेखि अत्तरियाको सब्जीमण्डीभित्र व्यापार व्यवसाय चलाउँदै आएको एमके ग्रुप को ठगीधन्दाले सर्वसाधारण तथा स्थानीय व्यवसायीहरू मारमा परेका छन्। कैलालीको लम्कीमा केन्द्रीय कार्यालय रहेको एमके प्रालीले ग्राहकहरूको चेकमा कृते रकम उल्लेख गरी ठग्दै आएको प्रमाण फेला परेको छ।
अत्तरियाकै लोटस गल्लीमा विगत १९ वर्षदेखि तरकारी व्यापार गर्दै आएका श्याम साहनी अहिले समस्यामा परेका छन्। उनले सो कम्पनीलाई ५०–५० हजारको दुईटा चेक दिएका थिए। तर कम्पनीले एउटा चेकमा ७ लाख ५० हजार बनाइदिएको छ भने अर्को चेकमा नौ लाख ५० हजार बनाइदिएको छ।
दिनको कमाइले खाना खर्चसमेत धौधौले जुटाइरहेका सहानीलाई अहिले यत्रो चेक बाउन्स मुद्दा परेपछि अहिले उनको घरमा अवस्था नाजुक बनेको छ। उनी यो समाचार सुनेपछि अहिले अर्धचेत अवस्थामा पुगेका छन् । लामो समयदेखि एमके ग्रुप पसँगै कारोबार गर्दै आएको र आफूले हरेक समयमा ५०–५० हजारको नै चेक दिने गरेकाले यो किस्तामा भने ५० हजारकै चेक दिएको र अहिले बैंकबाट फोन आएपछि आफू के गरौं भनेर सोच्नै नसक्ने अवस्थामा पुगेको सहानी बताउँछन् । आफूले तरकारी व्यापार गरेर घरपरिवार चलाइरहेको र यस्तो अन्याय भएपछि आफू समस्यामा परेको र न्याय दिलाइदिन हुन उनले अनुरोध गरेका छन। एमके एग्रिकल्चर ग्रुप प्रालिले गरेको यो कार्य निन्दनीय रहेको र यस्तो कार्य सर्वस्वीकार्य नहुने अतरियामै तरकारी व्यवसाय गर्दै आएका व्यवसायी नरेश चौधरीले बताए ।
यस्तै एम के एग्रिकल्चर ग्रुप भने यो विषयमा अन्जान रहेको छ। चेक भने लिएको तर कतिको लिएको हो भनेर अत्तरिया शाखाका म्यानेजरले बताउन सकेनन्। उनले भने यो बारेमा थप सबै केन्द्रीय कार्यालय लम्किले नै गर्ने र हामीले कुनै कुरामा बोल्न नपाउने र सम्पूर्ण कुरा यो चेकले नै बताउने आसय ब्याक्त गरे ।
यो बारेमा एमके ग्रुप लम्की शाखामा बुझ्न खोज्दा भने श्याम साहनीले व्यापारीको पैसालाई रोकेर आफूले जग्गा किन्न लागेको र पैसा नदिने गरेको एमके एग्रिकल्चर ग्रुप प्रालि का सञ्चालक कृष्ण चापागाईंले बताए । उनले भने ''उनीसँग हाम्रो ठूलो कारोबार छ। तर पैसा दिएका छैनन् उनी व्यापारीको पैसा तिर्न छोडेर अन्य काम गरिरहेका छन्। उनले लिएको उधारो र उनको व्यापारलाई नै अत्तरिया शाखाले हेर्ने भनेर उनले यो विषयलाई टार्न खोजेका छन्। उनी भन्छन् पैसा जसरी पनि तिर्नुपर्छ। हामी कानुनी कारबाहीमा जान्छौं''।
आफूले चेकमा उल्लेख गरेको रकमभन्दा बढी रकम थपेर एमके गुरुप प्रणालीले आफूमाथि जालसादी गरेको र यो स्वीकार्य नहुने श्याम सहानी बताउँछन्। उनले आफूलाई मानसिक तनाव दिएको भन्दै प्रहरीकोमा जाने समेत जानकारी दिएका छन्।