एमाले महासचिव शंकर पोखरेल भन्छन लेडसेटिङको अन्त्य नेकपा एमालेले गर्याे तर जस अरुले पायो

धनगढी- नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले नेपालमा लोडसेडिङको अन्त्य नेकपाएमालेले गरेको दनवी गरेका छन । महासचिव पोखरेलले मुलुकमा १८ घन्टासम्मको लोडसेडिङ अन्त्यका लागि एमालेले भूमिका खेलेको तर जस अर्कैले पाएको बिचार ब्याक्त गरेका छन्।

शुक्रबार दरबारमार्गमा आयोजना गरेको जागरण सभालाई सम्बोधन गर्दै महासचिव पोखरेलले लोडसेडिङ अन्त्य गर्न एमाले अध्यक्ष केपी शर्मा ओलीले आफू पहिलोपटक प्रधानमन्त्री हुँदा ठुलो भूमिका खेलेको बताएका हुन्।

कार्यक्रममा बोल्दै उनले ’केपी ओली पहिलो पटक प्रधानमन्त्री हुँदा नेपालमा १८ घन्टा लोडसेडिङ हुन्थ्यो, ’नेपालको जलस्रोतमा देखिएका समस्याहरूलाई समाधान गरी आधारभूत लोडसेडिङ एक वर्षभित्र हल गर्ने योजना तयार गर्ने प्रधानमन्त्रीका रूपमा पनि केपी शर्मा ओली रहनुभयो।’

त्यही योजनाको परिणामस्वरूप भारतबाट अन्तरदेशीय ट्रान्समिसन लाइन निर्माण गरेर विद्युत आयात गरी नेपाललाई अँध्यारो समयबाट उज्यालो युगतर्फ फर्काउने कामको नेतृत्व एमालेले गरेको पोखरेलले बताएका हुन ।

WhatsApp Image 2024-10-09 at 9.45.27 AM