एलिना चौहान को स्वर अबिनाश थापा काजीको अभिनयमा रुवाउनु रुवायो गित सार्वजनिक

धनगढी- एलिना चौहान को स्वरमा अबिनाश थापा काजी,  अन्जिता खड्का र अनिता खडकाले अभिनय गरेको नयाँ गित  रुवाउनु रुवायो सार्वजनिक भएको छ । उक्त गितको प्रकाश मल्लले निर्देशन गरेका छन भने छायाङ्कन पदम राज जोशिले गरेका छन । उक्त गित लक्ष्मण राज राजहोवान युुट्युुब च्यानलमा सार्वजनिक गरिएको छ ।

कोहुन त थापा कजी

बझाङ को खप्तड छान्ना गाउपालिका वाडा न.४ मा जन्मेका अबिनाश थापा काजी बिगत सात बर्ष देखि कलाकारिता क्षेत्रमा लागि रहेकाम छन । उनले आजको दिन सम्म आइ पुग्दा, सुदुर पश्चिममा र समग्र देशमा नै छुट्टै पहिचान बनाउन सफल भएमा छन्।

उनले आज सम्म आधुनिक लोक देउडा र लोक दोहोरी गरी लगभग ४ दर्जन भन्दा बढी भिडियोमामा अभिनय गरिसकेका छन। फिलिम को दुनिया बाट ज्ञान र अनुभव बटुलेका अबिनाश आफ्ना बिगतका दिन र आजको अबस्था सम्म आइ पुग्दा उनले त्यो पिडा र दुःख लाई सम्झिदै अहिले केही सहज भएको बताउछन।

चलेको कलाकार भन्दा नयाँ कलाकार हरु लाई एउटा ठाउ दिनु पर्छ भन्ने उनको धारणा रहेको रहेको छ । आफुले पनि नया कलाकार लाई यो क्षेत्रमा आफू बाट सक्ने सहयोग गरि विभिन्न गितमा समेत अभिनय गराइ प्रोत्साहान गर्ने गरेको बताउँछन् । उनी भन्छन म आफु भन्दा पछाडि आउने पिढीको एक अबिभाबक को रुपमा आफ्नो कर्तव्य पूरा गर्न चाहान्छु ।

यो कला सस्कृती भित्र भएका बिकृती र बिसङ्गति बिरुद्ध आम सम्पुर्ण कलाकार ले हातेमालो गरि बुलन्द आवाज उठाउनुु पर्छ भन्ने धारणा अनुुरुप उनले भारतमा समेत रास्ट्रिय संगीतकर्मी सङ्घ नामक सस्थाको बिस्तार गरि समिती गठन र कलाकार को हक हित को लागि लड्ने एक बाटो बनाइ दिएका छन । हाल त्यस सस्थाको अध्यक्ष समेत उनी आफै रहेका छन् । उनी भन्छन हामी कलाकार भन्छौ तर हामी सङ्ग कलाकार हो भनेर प्रमाण के त..? हामी भिडियो को पर्दाका हिरो मात्रै नभइ एक समाज परिबर्तनको हिरो बन्न सकेमा समाजले पनी पहिलो स्थान दिन्छन।

आफु पनि समाजसेवी रहेको र सबैको दुख पिडामा कहिले पछाडी नहटि सहयोग गरि आफ्नो इमान्दारिता र मेहेनेत लाई आफ्नो शाहस को रुपमा लिने कुरा काजी बताउछन ।

ad_wide