धनगढी- प्रदेश स्तरीय नृत्य तथा गायन विधाको प्रतियोगिता एसईई आइडलको चौथो संस्करणको नवौं र दशैं अडिसन आज कैलालीको पहाडी पालिका चुरेमा सम्पन्न भएका छन् ।
नवौं अडिसन चुरे गाउपालिकाको खानीडाँडा स्थित शुक्र माध्यमिक विद्यालय सम्पन्न भएको छ । उक्त अडिसनमा गायन तर्फ ४ र नृत्य तर्फ ३ जना विद्यार्थीहरुले भाग लिएका थिए । नवौं अडिसनमा शुक्र माध्यामिक बिद्यालय खानीडाँडा र लक्ष्मी माध्यामिक बिद्यालय बुढीतोलाका विद्यार्थीहरुको सहभागिता रहेको थियो ।
कार्यक्रमका बारेमा बोल्दै विद्यालयका प्रधानाध्यापक खडक ऐरले यस्ता खाले प्रतियोगिता विद्यार्थी र विद्यालयका लागि आवश्यक भएको कुरामा जोड दिँदै यस्ता प्रतियोगिता नियमित रुपमा आवश्यक भएको बताए ।
नवौं अडिसन कार्यक्रमको संचालन विद्यालयका शिक्षक पुण्डरी प्रसाद शर्माले आयोजना गरेका थिए ।
यसै गरि भैरब माध्यामिक विध्यालयमा सम्पन्न दशैं अडिसनमा गायनमा ९ र नृत्यमा ६ जनाको सहभागिता रहेको थियो । दशौं अडिसनमा भैरव मा.वि. र मोहन्याल माध्यामिक विध्यालका विद्यार्थीहरुको सहभागिता रहेको थियो । अडिसन कार्यक्रममा बोल्दै भैरव माध्यामिक विध्यालका प्र.अ. केशवराज ओझाले आजको प्रतिस्पर्धात्मक समयमा विद्यार्थीहरुले पढाईका साथै अन्य कुरामा पनि अब्बल हुनुपर्ने कुरामा जोड दिए । नवौं अडिसन कार्यक्रमको संचालन विद्यालयका शिक्षक रमेश छेडालले आयोजना गरेका थिए ।
गत तीन संस्करणको भव्य सफलतापछि सुरुभएको एसईई आइडलको चौथो संस्करणको सुपका ९ जिल्लाका ३० भन्दा बढी स्थानहरुमा अडिसनहरुमा आयोजना गरिनेछन् । यस वर्ष एसईई दिने विद्यार्थीहरुले अडिसनमा सहभागी हुन पाउनेछन् । यस वर्ष पनि गत बर्ष जस्तै नृत्य र गायन प्रतिभाहरुले प्रतिस्पर्धात्मक प्रदर्शन गर्न पाउनेछन् । यस सालको साउन देखि फाल्गुण सम्म सुदूरपश्चिममा ९ जिल्ला भरि नै अडिसन प्रतियोगिताहरु संचालन हुँदैछन् । जहाँबाट नृत्य र गायन विधाका उत्कृष्ट ३०–३० जना प्रतिस्पर्धिहरुले २०८२ बैशाखमा हुने सेमिफाइनलमा प्रवेश पाउनेछन् भने सेमिफाइनलमा उत्कृष्ट हुने नृत्य र गायन विधाका १५–१५ जना प्रतिस्पर्धीहरुले २०८२ असार १ गते हुने फाईनलमा प्रवेश पाउनेछन् ।
फाईनलबाट दुवै विधामा १–१ जना विजेता र १–१ जना उपविजेता छनोट गरिनेछ । दुवै विधाका विजेता र उप विजेताले क्रमशः रु. ७५–७५ हजार र रु. ३०–३० हजार नगद सहित कक्षा ११ र १२ मा पूर्ण छात्रवृत्ति पाउनेछन् । साथै दुवै विधाका उत्कृष्ट ५ भित्र पर्ने अन्य प्रतिस्पर्धिहरुले पनि कक्षा ११–१२ मा आंशिक छात्रवृत्ति पाउनेछन् ।