एसईई आइडल सिजन ४ को दोश्रो अडिसन सम्पन्न

धनगढी-  प्रदेश स्तरीय नृत्य तथा गायन विधाको प्रतियोगिता एसईई आइडल चौथो संस्करणको दोश्रो अडिसन सम्पन्न भएको छ ।

शुक्रवार कंचनपुरको पुर्नवास नगरपालिकाको विजय मा।वि।मा दोस्रो अडिसन सम्पन्न भएको हो । विजय मा।वि।मा सम्पन्न अडिसनमा १३ जना प्रतिस्पर्धीहरुको सहभागिता रहेको थियो । जसमा ७ जनाले नृत्य र ६ जनाले गायनमा प्रतिस्पर्धात्मक सहभागिता जनाएको बताइएको छ ।

विद्यालयका प्रधानाध्यापक भवानी दत्त अवस्थीले गत संस्करण जस्तै यस संस्करणमा पनि आफ्ना विद्यार्थीहरुले उत्कृष्ट प्रदर्शन गर्ने विस्वास व्यत्तः गरे ।

गत तीन संस्करणको भव्य सफलतापछि सुरु भएको एसईई आइडलको चौथो संस्करणका अडिसनहरु सुदूरपश्चिम प्रदेशका ९ जिल्लाका ३० भन्दा बढी स्थानहरुमा आयोजना गरिने जनाइएको छ । यस वर्ष एसईई दिने विद्यार्थीहरुले अडिसनमा सहभागी हुन पाउनेछन् । यस वर्ष पनि गत बर्ष जस्तै नृत्य र गायन प्रतिभाहरुले आफ्नो प्रतिभा प्रतिस्पर्धात्मक प्रदर्शन गर्न पाउनेछन् ।

यस बर्षको फागुन सम्म सुपमा ९ जिल्ला भरि नै अडिसन प्रतियोगिताहरु संचालन हुनेछन् जहाँबाट नृत्य र गायन विधाका उत्कृष्ट ३०/३० जना प्रतिस्पर्धिहरुले २०८२ बैशाखमा हुने दोस्रो चरणमा प्रवेश पाउनेछन् भने दोस्रो चरणमा उत्कृष्ट हुने नृत्य र गायन विधाबाट १५/१५ जना प्रतिस्पर्धीहरुले २०८२ असार १ गते हुने फाईनलमा प्रवेश पाउनेछन् । फाईनलबाट दुवै विधामा १/१ जना विजेता र १/१ जना उपविजेता बन्नेछन् । दुवै विधाका विजेता र उप विजेताले क्रमशस् रु। ७५/७५ हजार र रु। ३०/३० हजार सहित कक्षा ११ र १२ मा पूर्ण छात्रवृत्ति पाउनेछन् । साथै दुवै विधाका उत्कृष्ट ५ भित्र पर्ने अन्य प्रतिस्पर्धिहरुले कक्षा ११/१२ मा आंशिक छात्रवृत्ति पाउनेछन् ।

थप अडिसन स्थलहरुको खोजी भईरहेकोले यस प्रतियोगिता सहभागी हुन ईच्छुक विद्यार्थी तथा विद्यालयहरुलाई सम्पर्क गर्न आयोजकले अनुरोध गरेको छ ।

ad_wide