धनगढी- धनगढीमा रहेको सुदूरपश्मिाञ्चल एकेडेमिले आयोजनमा गरेको एसपिए टेक फाष्ट सिजन दूइमा ग्ली एकेडेमिका बिध्यार्थीले उच्च अंकका साथमा उत्कृष्ठ स्थान प्राप्त गर्न सफल भएका छन ।
एसपिए कलेजले आयोजना गरेको प्रतियोगितामा ग्ली एकेडेमीबाट सहभागी भएका बिद्यार्थी मध्ये रचनात्मक खेल चेस प्रतियोगितामा जीवितेश साउँद प्रथम भएका छन भने ग्ली एकेडेमीकै छात्र पियुष नाथ दोस्रो हुन सफल भएका छन । त्यस्तै रोबो फुटबलमा पनि ग्ली एकेडेमीबाट आदर्श जोशी, जयेन्द्र कार्की र हरि जोशीको समुह प्रथम भएको एकेडेमीले जनाएको छ ।
कार्यक्रमा आयोजित रोबो युद्ध प्रतियोगितामा पनि ग्ली एकेडेमीका छात्र आदर्श जोशी प्रथम र सूचना तथा प्रविधि सम्बन्धि हाजिर जवाफ प्रतियोगितामा पुस्कर बुढा र भावेश सिंगलको समुह प्रथम भएको हो । उत्कृष्ट सामग्री चुनौती प्रतियोगितामा आयुषा भट्ट र सुश्री ओझाको समुहले बिजयी हात पारेको एकेडेमी स्रोतले जनाएको छ । त्यस्तै रोबो रेसमा ग्लीका आदर्श जोशी दोस्रो भएका एकेडेमीकी प्रद्यानाध्यापक शान्ति भट्टले बताइन।