धनगढी– धनगढीको फाप्लामा जारी एसपिए कैलाली प्रिमियर लिग –३ को उपाधिका लागि कञ्चनपुरकै दुई टोली पुनर्वास बी र भिमदत्त भिड्ने भएका छन । मंगलबार पहिलो सेमिफाइनलमा कैलालीको गोदावरी नगरपालिकाको टिम अनुपस्थित भएपछि वाकओभर पाएर कञ्चनपुरको पुनर्वास नगरपालिका बी फाइनलमा प्रवेश गरेको छ । त्यस्तै दोश्रो सेमिफाइनलमा बाजुराको त्रिवेणी नगरपालिकालाई ३२ रनले पराजित गर्दै कञ्चनपुरको भिमदत्त नगरपालिका फाइनलमा प्रवेश गरेको हो । भिमदत्तले दिएको १३३ रनको लक्ष्य पछ्याउने क्रममा त्रिवेणीले १९.१ ओभरमा अलआउट हुँदै १०० रन मात्र बनाउन सक्यो । त्रिवेणीका लागि सुमित श्रेष्ठले सर्वाधिक २५ रन बनाए । बिजय रानाले २१ रन बनाउँदा तुल बहादुर थापाले १९ रनको योगदान दिए । भिमदत्तका लागि अरुण ऐरीलले ५ विकेट लिए । उनी म्यान अफ दी म्याच चुनिए । त्यस्तै विकास आग्रीले २ तथा साजन बिटालु र किरण चन्दले समान एक एक विकेट लिए ।
त्यसअघि टस जितेर पहिला ब्याटिङ गरेको भिमदत्तले १९.१ ओभरमा अलआउट हुँदै १३२ रन रनको मध्यम योगफल तयार पारेको थियो । उस्का लागि ओपनर ब्याटर अविषेक थापाले ४३ रनको अविजित पारी खेले । कप्तान प्रकाश पाण्डेयले १६ रन बनाउँदा मिलन बोहराले १४,साजन बिटालुले १३,नितेन बिष्ट र समिर बिष्टले समान १२÷१२ रन बनाए । त्रिवेणीका लागि दिपक टमाट्टाले ३ विकेट लिए । दिनेश महरा र संदिप मौरियाको नाममा दुई दुई विकेट रह्यो । फाइनल खेल फागुन १४ गते अर्थात भोली दिउँसो १ बजेदेखि धनगढीको फाप्ला मैदानमा हुनेछ ।
जिल्ला क्रिकेट संघ कैलालीको आयोजनामा सञ्चालन भैरहेको एसपिए कैलाली प्रिमियर लिगको यो तेश्रो संस्करण हो । तेश्रो संस्करणमा मुख्य प्रायोजक धनगढीको सुदूरपश्चिमाञ्चल एकेडेमी एसपिए रहेको छ । पहिलो संस्करण कैलालीको गोदावरी नगरपालिकाको टिमले जितेको थियो भने दोश्रो संस्करण डडेल्धुराको आलिताल गाउँपालिकाले जितेको थियो । प्रतियोगीताको विजेता टोलीले नगद २ लाख,उपविजेता टोलीले नगद १ लाख, सर्वोत्कृष्ट खेलाडीले नगद २५ हजार,बेष्ट बलर र ब्याटरले जनही १५÷१५ हजार,उदयमान खेलाडीले १० हजार र प्रत्येक खेलको म्यान अफ दी म्याचले नगद पच्चिस सय प्राप्त गर्ने आयोजक जिल्ला क्रिकेट संघ कैलालीले जनाएको छ ।
पहिलो सेमिफाइनलमा कैलालीको गोदावरी नगरपालिकाको टिम अनुपस्थित भएपछि कञ्चनपुरको पुनर्वास नगरपालिका बी फाइनलमा प्रवेश गरेको छ । टस समयसम्म गोदावरीको टिम मैदानमा नआएपछि वाकओभर मार्फत पुनर्वास नगरपालिका बी फाइनलमा प्रवेश गरेको जिल्ला क्रिकेट संघ कैलालीका अध्यक्ष बिक्रम बिस्टले जानकारी दिए । प्रधानमन्त्री कपको प्रदेश छनोटका लागि खेलाडीहरु बैतडी गएपछि खेलाडी अपुग भएर सेमिफाइनल छोड्नुपरेको गोदावरी नगरपालिकाको टिमका म्यानेजर रमेश कडायतले बताए ।
मंगलबार दिउँसो २ बजे दोश्रो सेमिफाइनल दोश्रो समूह सी को विजेता टोली बाजुराको त्रिवेणी नगरपालिका र समूह डी को विजेता टोली भिमदत्तका बीच हुनेछ । फाइनल खेल भने फाल्गुन १४ गते अर्थात भोली दिउँसो १ बजेबाट धनगढीको फाप्ला मैदानमा हुनेछ ।
जिल्ला क्रिकेट संघ कैलालीको आयोजनामा सञ्चालन भैरहेको एसपिए कैलाली प्रिमियर लिगको यो तेश्रो संस्करण हो । तेश्रो संस्करणमा मुख्य प्रायोजक धनगढीको सुदूरपश्चिमाञ्चल एकेडेमी एसपिए रहेको छ । पहिलो संस्करण कैलालीको गोदावरी नगरपालिकाको टिमले जितेको थियो भने दोश्रो संस्करण डडेल्धुराको आलिताल गाउँपालिकाले जितेको थियो । प्रतियोगीताको विजेता टोलीले नगद २ लाख,उपविजेता टोलीले नगद १ लाख,सर्वोत्कृष्ट खेलाडीले नगद २५ हजार,बेष्ट बलर र ब्याटरले जनही १५÷१५ हजार,उदयमान खेलाडीले १० हजार र प्रत्येक खेलको म्यान अफ दी म्याचले नगद पच्चिस सय प्राप्त गर्ने आयोजक जिल्ला क्रिकेट संघ कैलालीले जनाएको छ । सात दिनसम्म सञ्चालन हुने प्रतियोगीतामा पुरस्कार राशी र अन्य गरेर जम्मा २५ लाख बराबर खर्च हुने आयोजकले जनाएको छ ।
जिल्ला क्रिकेट संघ कैलालीको आयोजनामा सञ्चालन भैरहेको एसपिए कैलाली प्रिमियर लिगको यो तेश्रो संस्करण हो । तेश्रो संस्करणमा मुख्य प्रायोजक धनगढीको सुदूरपश्चिमाञ्चल एकेडेमी एसपिए रहेको छ । पहिलो संस्करण कैलालीको गोदावरी नगरपालिकाको टिमले जितेको थियो भने दोश्रो संस्करण डडेल्धुराको आलिताल गाउँपालिकाले जितेको थियो ।
प्रतियोगिताको विजेता टोलीले नगद २ लाख,उपविजेता टोलीले नगद १ लाख, सर्वोत्कृष्ट खेलाडीले नगद २५ हजार, बेष्ट बलर र ब्याटरले जनही १५/१५ हजार,उदयमान खेलाडीले १० हजार र प्रत्येक खेलको म्यान अफ दी म्याचले नगद पच्चिस सय प्राप्त गर्ने आयोजक जिल्ला क्रिकेट संघ कैलालीले जनाएको छ ।