मङ्लबार, बैशाख ९, २०८२

एसपीए सुदूरपश्चिम स्पोर्ट्स अवार्डस् स्वास्थ्य प्रवर्द्धन केन्द्रको साथ

धनगढी । १९ चैतमा कैलालीको धनगढीमा हुने ‘छैठौं एसपीए सुदूरपश्चिम स्पोर्ट्स अवार्ड २०८१’लाई प्रादेशिक स्वास्थ्य प्रवर्द्धन केन्द्रले साथ दिएको छ । सामाजिक विकास मन्त्रालयअन्तर्गतको केन्द्रले प्रबर्द्धनका रुपमा अवार्डलाई साथ दिएको हो ।

केन्द्रका प्रमुख हेमराज खड्का र आयोजक खेलकुद पत्रकार मञ्च कैलालीका सल्लाहकार दीपक उपाध्यायले प्रबर्द्धन सम्बन्धी सम्झौतामा हस्ताक्षर गरे ।
सुदूरपश्चिम आइकन पुरुष विधामा कबड्डीका खगेन्द्र जोशी, पौडीका अथर्व सिंह र क्रिकेटका हेमन्त धामी तथा सुदूरपश्चिम आइकन महिला विधामा करातेकी मनिषा बोहरा, कबड्डीकी मनिषा जोशी र क्रिकेटकी सावित्री धामी मनोनयनमा परेका छन् । स्पेशल अवार्ड र लाइफटाइम एचिभमेन्ट अवार्डका विजेताको नाम भने अवार्डकै दिन घोषणा गरिने छ ।

उत्कृष्ट खेलाडी पुरुष र महिला विधाका विजेतालाई ३५–३५ हजार, उत्कृष्ट प्रशिक्षकलाई ३० हजार, वर्ष युवा खेलाडी, स्पेसल अवार्ड र लाइफटाइम एचिभमेन्ट अवार्डका विजेतालाई २५–२५ हजार नगदबाट पुरस्कृत गरिने आयोजक नेपाल खेलकुद पत्रकार मञ्च कैलालीका अध्यक्ष प्रदीप पाठकले जानकारी दिए । उनका अनुसार सुदूरपश्चिम आइकन महिला र पुरुष विधाका विजेतालाई नगद २०–२० हजारसहित ट्रफी प्रदान गरिनेछ ।

ad_wide