धनगढी – कैलालीको ऐश्वर्य बहुमुखी क्याम्पसमा आउँदो स्ववियु चुनावको लागि तीन संगठनले उम्मेदवारी दर्ता गराएका छन् । अगामी चैत ५ गते हुन लागेको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनको लागि ऐश्वर्य बहुमुखी क्याम्पसमा नेपाल विद्यार्थी संघ, अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन र अखिल क्रान्तिकारी ले उम्मेदवारी दर्ता गराएका छन्।
नेविसङ्घको तर्फबाट सभापतिमा दीपक भट्ट , सचिवमा डेविड बोहरा , कोषाध्यक्षमा सञ्चिता चौधरीको नेतृत्वमा उम्मेदवारी परेको छ। भने अनेरास्ववियुको तर्फबाट सभापतिमा दिपेन्द्र भट्ट (दिपेन), सचिवमा प्रदिप खड्का, कोषाध्यक्षमा जुनी चौधरीको नेतृत्वमा उम्मेदवारी दर्ता भएको ऐश्वर्या बहुमुखी क्याम्पसका निर्वाचन अधिकृत खेमराज पन्तले जानकारी दिए।
यस्तै तीनवटै संगठनले प्रत्यक्ष र समानुपातिक तर्फका सबै उम्मेदवारको उम्मेदवारी दर्ता गराएर थप तयारीमा जुटेका छन्।