कञ्चनपुरबाट २९ लाख बढीका भन्सार छलीका सामान बरामद

कञ्चनपुर । कञ्चनपुरबाट भन्सार छलीका सामान बरामद गरिएको छ।

जिल्लाको भीमदत्त नगरपालिका–२ भासी, भीमदत्त ४ बसपार्क, भीमदत्त १० गज्जर, भीमदत्त ११ बिधुत कार्यालय नजिक, बेलौरी नगरपालिका– १० भुडा र बेलडाँडी गाउँपालिका–५ गड्डाबाट अवैध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका २९ लाख २१ हजार ५९० मूल्यको सामान बरामद गरिएको हो।

पाईन्ट, सर्ट, साडी, सुटपिस, थान कपडा, मोबायल कभर, थेरापी मेशिन, प्लाष्टिक डिब्बा, दाल, पाँपड, बिडी, सुर्ती, खानेतेल, चिनी, हार्डवेयर सामान, स्टेसनरी, कस्मेटिक, किराना लगायतका सामान जिल्ला प्रहरी कार्यालय कञ्चनपुर तथा मातहत कार्यालयहरुबाट खटिएको प्रहरी गस्ती टोलीले बेबारिसे अवस्थामा फेला पारेको थियो।

ad_wide