कञ्चनपुरबाट ५७ हजार बराबरका भन्सार छलीका माछा र खसी बरामद

कञ्चनपुर- कञ्चनपुरबाट भन्सार छलीका माछा र खसी प्रहरीले नियन्त्रणमा लिएको छ।

बेलौरी नगरपालिका–२ चारधरुवा र दोधारा चाँदनी नगरपालिका–४ झोलुङ्गेबाट अबैंध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका अन्दाजी मूल्य ५७ हजार बराबरको माछा, खसी लगायतका सामान बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुर र इलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको प्रहरी गस्ती टोलीले बेबारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको जानकारी दिएको छ ।

ad_wide