कञ्चनपुरः कञ्चनपुरमा एक नवजात शिशुको शव फेला परेको छ ।
कञ्चनपुरको भीमदत्त नगरपालिका–४ संबिधान चोकको उत्तरपट्टीको किनारमा शिशुको शव फेला पारेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डिएसपी उमेश जोशीले बताए ।
मृत अवस्थामा फेला परेको शवको लिङ्ग पहिचान नभएको हुुँदा हाल पोस्टमार्टम भैरहेको र यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको डिएसपी जोशीले बताए ।