कञ्चनपुरमा बाघ नियन्त्रणमा लिन बर्दियाबाट डार्ट टोली आउँदै

कञ्चनपुर- कञ्चनपुरमा बाघ नियन्त्रणमा लिनका लागि बर्दियाबाट डार्ट टोली आउने भएको छ ।

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट हात्ती र बर्दियाबाट डार्ट टोली आइरहेको निकुञ्जका सूचना अधिकारी मनोज ऐरले बताए ।

बुधबार बेलुका जिल्लाको दोधारा चाँदानी नगरपालिका-२ मा बाघ देखिएको स्थानीयले बताएका थिए । आज बिहान खेतमा काम गरिरहेकी सोही वडाकी २३ वर्षीया हिरा शाहको बाघको आक्रामणबाट मृत्यु भएको छ । उनको मृत्युपछि स्थानीय झनै त्रसित बनेका छ्न् ।

‘हिजो बेलुका बाघ देखिएको खबर पायौँ, राती भएकोले ड्रोनमा देखिएन, फर्किदा सतर्क रहनुस् भनेर सूचना गरेका थियौँ’, सूचना अधिकारी ऐरले भने, ‘निकुञ्ज सहितको सुरक्षा टोली पुन: बिहान त्यहाँ बाघ खोज्न गर्न जाँदा अप्रिय घटना घटिहाल्यो, अहिले बाघ नजिकैको उखुबारी रहेकोले बर्दियाबाट डार्ट टोली र शुक्लाफाँटाको हात्ती टोलीले नियन्त्रणमा लिन्छ ।’

गत वर्ष पनि बेलौरी नगरपालिका-८ पचुइमा एक महिलाको घाँस काट्ने क्रममा बाघको आक्रमणमा परी मृत्यु भएको थियो । उक्त बाघलाई घटनाको दोस्रो दिन डार्ट गरी नियन्त्रणमा लिइएको थियो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
WhatsApp Image 2024-10-09 at 9.45.27 AM