कञ्चनपुर टी– ट्वान्टी क्रिकेटको फाइनलमा ४ टिम भिड्दै

बेलौरी – कञ्चनपुर टी– ट्वान्टी क्रिकेटमा सुप्रीया सुपरफास्ट भुडा र सुप होस्टेल धनगढी सेमिफाइनल प्रवेश गरेका छन् । बिहीबार भएको तेस्रो र चौथो क्वाटर फाइनल खेलमा दुवै टिम विजय हुँदै दोस्रो सेमिफाइनल प्रवेश गरेका हुन ।

तेस्रो क्वाटर फाइनल खेलमा सुप्रीया सुपरफास्ट भुडाले आयोजक सी टिमलाई ६४ रन पराजित गरेको छ । टस जितेर पहिले ब्याटिङ गरेको सुप्रीया सुपरफास्टले २० ओभरमा ५ विकेट गुमाउँदै २२९ बनाएको थियो । २३० रनको लक्ष्य पाएको आयोजक सी ले २० ओभरमा ८ विकेट गुमाउँदै १६५ रन बनाउन सक्यो । उक्त खेलमा किरन कुमार ठगुन्ना म्यान अफ द म्याच घोषित भएका थिए ।

त्यस्तै चौथो क्वाटर फाइनल खेलमा सुप होस्टेल धनगढीले श्री केदार अटो वर्कसप कलकत्ता ५७ रनले पराजित गरेको हो । टच जितेर पहिले ब्याटिङ गरेको धनगढीले निर्धारित १५ ओभरमा ८ विकेट गुमाउँदै १७६ रन बनाएको थियो । १७७ रनको लक्ष्य पाएको कलकत्तालेले १४ दशमलव १ बलमा सबै विकेट गुमाउँदै ११९ रन मात्र जोडन सफल भयो । उक्त खेलका म्यान अफ द म्याच आशिष लुहार भएका थिए ।

प्रतियोगितामा सेमिफाइनलका लागि ४ टिमको टुङ्गो लागेको छ । शुक्रवार बिहान पहिलो सेमिफाइनल सुप्रीया सुपरफास्ट भुडा र सुप होस्टेल धनगढी बिच हुने छ ।

त्यस्तै दोस्रो खेल खप्तड इण्डोर स्पोर्ट्स सेन्टर महेन्द्रनगर र मालिकार्जुन हार्डवेयर अत्तरिया बिच दिउँसो दोस्रो खेल हुने छ । प्रतियोगिताको फाइनल खेल आइतबार हुने छ ।

असोज २४ गतेदेखि कार्तिक ४ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा १६ टिम सहभागी छन् । प्रतियोगिताको विजेता टिमले १ लाख र उपविजेता टिमले ५० हजार नगद सहित ट्रफि प्रमाणपत्र प्रदान गरिने छ् । त्यस्तै म्यान अफ द सिरिज हुने खेलाडीले १० हजार सहित ट्रफि पाउने छन् । त्यस्तै वेस्ट ब्याट्सम्यान र बलर लाई ५ हजार सहित ट्रफि प्रदान गरिने छ ।

ad_wide