काठमाडौँ । सरकारले मंगलबार(भोली) सार्वजनिक बिदा दिने निर्णय पनि गरेको छ।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले कतारका अमिर (राजा) शेख तमिम बिन हमाद अल थानीको नेपाल भ्रमण भएकाले सार्वजनिक बिदा दिने निर्णय गरेको हो।
पहिलोपटक कतारका राजा नेपाल भ्रमणमा आउन लागेका हुन्। केही दिनयता एशियाली देशको औपचारिक भ्रमणमा निस्केका कतारी अमिर फिलिपिन्स र बांग्लादेशको भ्रमण सकेर त्यतैबाट नेपाल आउन लागेका हुन्। उनले तीनवटै देशका उच्च नेतृत्वसँग पारस्परिक चासो र सहयोग अभिवृद्धिमा केन्द्रित रहेर भेटवार्ता गरिरहेका छन्।
उनको राजकिय भर्मण नेपालको लगानी सम्मेलन अगाडि हुन लागेकोले यो भ्रमणले गल्फ क्षेत्रका लगानीकर्ताहरूलाई विश्वास दिलाउन सक्ने बिस्वास थपिएको छ।