कथा वाचनको चौथौँ दिन महायज्ञमा २० लाख ५१ हजार दान संकलन

धनगढी– मानवसेवा आश्रमले धनगढीमा माघ २३ गतेदेखि सुरू भइरहेको श्रीमद् भागवत सप्ताह ज्ञानविज्ञान महायज्ञमा आश्रमको भवन निर्माणार्थ सहयोग जुट्ने क्रम जारी छ । आइतबार कथा वाचनको चौथौँ दिन महायज्ञमा २० लाख ५१ हजार २ सय १२ रूपैयाँ दान संकलन भएको आश्रमले जनाएको छ ।

कथा वाचनको चौथौँ दिन आइतबार महायज्ञमा सहभागी हुँदै दशरथचन्द नगरपालिका–४, खलङ्गा, बैतडी निवासी मञ्जु के.सीले स्वर्गीय मातापिताको स्मृतिमा आश्रमको एक कोठा निर्माणका लागि ६ लाख ५१ हजार १ सय १५ रूपैयाँ योगदान गरेका छन् ।

धनगढी उपमहानगरपालिका–०४, कैलाली निवासी सिताराम अवस्थीले भवन निर्माणका लागि ३१ हजार २ सय ४५ रुपैया मात्र योगदान गरे ।

त्यस्तै धनगढी उपमहानगरपालिका–५, कैलाली निवासी काशीनाथ भट्टले स्वर्गीय छोराको स्मृतिमा भवन निर्माण सहयोगार्थ २५ हजार ५ सय २५ रूपैयाँ योगदान गरे । धनगढी उपमहानगरपालिका–१, कैलालीका संन्त निरकारी मण्डल नेपाल सत्संग भवन धनगढी परिवारद्वारा भवन निर्माण सहयोगार्थ १७ हजार ४ सय प्रदान गरे ।

धनगढी उपमहानगरपालिका–४ कैलाली निवासी मन्जुले भवन निर्माणमा १५ हजार ५ सय ५१ रूपैयाँ, धनगढी उपमहानगरपालिका–१ कैलाली निवासी शेरबहादुर बस्नेतले १५ हजार ५ सय ५ रूपैयाँ, धनगढी उपमहानगरपालिका–४, कैलाली निवासी सुरेन्द्रप्रसाद भट्टले १५ हजार ५ सय ५५ रूपैयाँ, दशरथ भट्ट र बिमलादेवी भट्टले ५ हजार १ सय ५५ रूपैयाँ, लक्ष्मण भट्टले ५ हजार ५ रूपैयाँ, विरबहादुर महताले रु ५ हजार १ सय ५ रूपैयाँ, ओम प्रकाश बास्तोलाले ५ हजार १ सय ५१ रूपैयाँ, मनिराज पाण्डेले ५ हजार १ सय ५ रूपैयाँ, शिवराज उप्रेतीले ५ हजार २ सय ५५ रूपैयाँ, नरेन्द्र शाही र नरिन्ता शाहीले ५ हजार ५ सय ५५ रूपैयाँ, पारुदेवी कुँवरले ५ हजार ५ रूपैयाँ, काशीराम बिष्ट र भद्रकाली ट्रेडर्सले ५ हजार १ सय रूपैयाँ, रुरुक्षेत्र गाउँपालिका, लामाखर्क, गुल्मी निवासी इश्वरीप्रसाद ज्ञवालीले १५ हजार ५ सय ५५ रूपैयाँ, कैलाली मोडेलका शिक्षक दिपक पुजाराले भवन निर्माणका लागि एकबोरा सिमेन्ट इट्टा योगदान स्वरूप १ हजार ५ रूपैयाँ, साँफेबगर नगरपालिका–३, अछाम निवासी नयाँ कुँवर र नर्मदा कुँवरले ५ हजार ५५ रूपैयाँ योगदान गर्नु भएको छ । दान गर्नेक्रम जारी छ ।

माघ २३ गतेदेखि धनगढीको पशुपति टोलमा सुरू भएको महायज्ञ (सुदूरपश्चिम महोत्सव हुने) ३० गतेसम्म सञ्चालन हुनेछ भने मानवसेवा आश्रमले कैलाली धनगढी शाखाको भवन निर्माण गर्ने उद्देश्यले महायज्ञको आयोजना गरेको हो ।

ad_wide