कसरि भन्छौ केही पाउन केही गुमाउनु पर्छ – सावित्री

गजल

जिन्दगी जिन्दगी जस्तो बन्न समय आउनु पर्छ

सुर्य उदाउन लाई पनि त तारा अस्थाउनु पर्छ॥

 

जसले नर्सरीमा हुर्किदै गरेको बोट उखेलि गयो

उसैले भन्छ फूल पाउन बिरुवा हुर्काउनु पर्छ ॥

 

दुनियाँ को खेदो खनेर कहिल्यै थाक्दैनन जो

भुक्ने कुकुरको मुख बन्द गर्न के अपनाउनु पर्छ॥

 

काम बाट आएर दिन भरी पेटमा पटुकि कस्दै

साझ बालबच्चाले खायसि आमा अघाउनु पर्छ॥

 

मैले बुवा गुमाए देखि मेरो जीवन शुन्य भयो

कसरि भन्छौ केही पाउन केही गुमाउनु पर्छ ॥

 

जसले छातिमा कुल्चेर मुटुमा आगो लगायो

उसैले सावित्री को लास चितामा अम्नाउनु पर्छ॥

                 ✍️सावित्री स्वप्रिल

WhatsApp Image 2024-10-09 at 9.45.27 AM