काठमाडौँ । राजधानी काठमाडौँमा भएको आगलागीमा परेर एक जना युवकको मृत्यु भएको छ ।
मृत्युु हुनेमा दोलखा कालिञ्चोक गाउँपालिका–२ घर भएका २१ वर्षीय किरण बुढाथोकी रहेका छन्। टोखा नगरपालिका–१० बानियाँटार हाईटस्थित ३५ वर्षीय खेम नारायण चालिसेको घरमा भाडामा बस्दै आएका बुढाथोकीको आगलागीमा परेर मृत्यु भएको हो ।
किरणको कोठामा गएराति आगलागी हुँदा जलेर गम्भीर घाइते भएका थिए। उनको त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा उपचारको क्रममा मृत्यु भएको प्रहरीको भनाई छ ।
आगलागीको कारण भने खुुल्न नसकेको र आगलागीबाट करिब १५ लाख रुपैयाँ बराबरको धनमा क्षति भएको छ । आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।