काठमाडौं - काभा महिला भलिबल नेसन्स लिगमा नेपाल इरानसँग पराजित भएको छ ।
आज त्रिपुरेश्वरस्थित कभर्डहलमा भएको प्रतिस्पर्धात्मक खेलमा नेपाल ३-२ सेटमा पराजित भएको हो । पहिलो सेट नेपालले २५-१६ ले गुमाएको थियो । दोस्रो सेटमा नेपाल लयमा फर्किँदै इरानलाई २५-१६ ले नै हरायो । तेस्रो सेटमा पुनः इरान हाबी हुँदै २५-२३ ले खेल आफ्नो पक्षमा पर्न सफल भयो ।
चौथो सेटमा नेपालले इरानलाई २५-१५ को अन्तरमा हरायो । पाँचौं तथा अन्तिम सेट निकै रोमाञ्चक र प्रतिस्पर्धात्मक रह्यो । अन्तत: १५-१३ ले इरानले सेट जित्यो ।