शान्ति प्रसाद जोशी ,रोशन थापा धनगढी – दार्चुलाको लेकम गाउँपालिकामा हिजो कर्मचारी नभेटिएको भनेर त्यहाँको स्थानिय नरेश जोशीले सनराईज टेलिभिजनलाई भिडियो सामाग्री उपलव्ध गराएको थियो ।
उक्त भिडियो विहिवार नेपालि समय अनुशार २ बजेको समयममा सनराईज टेलिभिजनलाई प्राप्त भएको थियो । लेकम गाउँपालिमा विहिवारको दिन दिउँसै कर्मचारी कार्यालयमा नभेटिएको शिर्षकमा समाचार सनराईज टेलिभिजनको फेसबुक पेजमा अपलोड भएको समयले सर्वसाधारणलाइ वास्तविक समयको जानकारी दिएको छ ।
https://fb.watch/u81KQIyEIW/तर्सथ गाउपालिकाले भने आज लेकम गाउपालिकाका स्थानिय नरेश जोशी र सनराईज टेलिभिजनको नाम उल्लेख गरेर समाचार झुटो भनि विज्ञप्ती सार्वजनिक गरिएको छ । तर भिडियोमा देखिए अनुशार दिउँसोको समायमा कार्यालयमा कुनै पनि कर्मचारी नभएको स्पष्ट देख्न सकिन्छ ।
गाउँपालिकाको उक्त विज्ञप्ती अनुशार गाउँपालिकाको कर्मचारीहरु गौरा पर्वको शुभकामना आदान प्रदान संगै भलिवल खेल खेलि रहेको उल्लेख गरिएको छ । तर सरकारी कार्यालयमा कर्मचारी भईसके पच्चात कुनै पनि पुर्व सुचना नभई कार्यालय समयमा एक जना पनि कर्मचारी कार्यालयमा नभेटिनु गाउँपालिकाका कर्मचारीको कति सम्मको मनपरी रहेछ भन्ने कुरा स्पष्ट हुन्छ । आज प्रकाशित विज्ञप्तिमा आफ्ुनो र आफु मुनीका कर्मचरीहरुको बचाऔका लागि लेकमका निमित्त प्रमुख प्रशासकिय अधिकृत नरायणा दत्त भट्टको लज्जास्पद विज्ञप्तीमा खेल खेलिरहेको भन्नु आलोचनको विषय बनेको छ ।
लेकम गाउँपालिकाका निमित्त प्रमुख नारायण दत्त भट्ट संग बुझदा उनले यस विषयमा स्पष्ट धारण दिन सकेन्न र विज्ञप्तीनै अन्तिम धारण भएको बताए । आफुहरु सेवाग्राही नभएको बेलामा पालिका खुलै छोडेर भलिबल खेल्न गएको कुरा सही रहेको र हामिले बाहिर जादा कुनै सेवाग्रहीलाई समस्या नभएको निमित्त प्रमुुख भट्ट बताए ।
आफु बाहिर रहेको र कार्यालय प्रम्ुख संग बुझदा कोहि सेवाग्राही नभएका कारण कर्मचारी खेल खेल्न गएको कुरा विज्ञप्तीमा भए अुनशार नै भएको लेकम गाउँपालिकाका अध्यक्ष राम दक्त जोशीकोले बताए ।
गाउँपालिकाको कार्यालयका कार्मचारीको गैर जिम्मेवार हर्कतको सामाजिक संजालमा चौतर्फी विरोद्ध भएको छ । कार्मचारीको यस्तो हर्कतको बचावमा स्थानिय पत्रकार समेत सपोर्टमा देखिएका छन । योकितिसम्मको जाहेज हो लेकमका जनाताले बुझन जारुरी छ । हाम्रो काम खवर दारी गर्ने हो र सचेत बनाउने हो हामी कसै प्रति पु्र्वाग्रही छैनौ ।