कुशल भुर्तेल पहिलो बलमै आउट

काठमाडौं- नेपालका ओपनर कुशल भुर्तेल एसीसी प्रिमियर कप टी(२० प्रतियोगिता २०२४ को पहिलो सेमिफाइनल खेलमा पहिलो बलमै आउट भएका छन् । तीव्र गतिका बलर जुनैद सिद्दिकको पहिलो बलमा कुशल भुर्तेल विकेटकिपर हैदरबाट क्याच हुँदै आउट भएका हुन् । अल अमरेत क्रिकेट मैदान १ मा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले १ ओभरमा २ रन बनाउँदै १ विकेट गुमाएको छ ।
ad_wide