बुधबार, जेष्ठ १, २०८२

केएमसीको स्ववियु अध्यक्षमा नेविसंघका सन्तोष पन्त विजयी (मल्टिमिडिया सहित )

धनगढी –  सुदूरपश्चिम विश्वविद्यालय अन्तर्गत कैलाली बहुमुखी क्याम्पस (केएमसी)को स्वतन्त्र विद्यार्थी युनियनको अध्यक्षमा नेपाल विद्यार्थी सङ्घका उम्मेदवार सन्तोष पन्त विजयी भएका छन् । चैत २७ गते सम्पन्न निर्वाचनको बिहीबार दिउँसोबाट मतगणना सुरु भए पनि राती केही विवादका कारण मतगणना स्थगित भएको थियो ।

शुक्रवारको अन्तिम मत परिणाम अनुसार पन्तले अखिल क्रान्तिकारीका उम्मेदवार पवन सुनार र अनेरास्ववियुका उम्मेदवार यमराज जोशीलाई पराजित गर्दै अध्यक्षमा विजयी भएका हुन् । पन्तले ८२७ मत ल्याउँदा अखिल क्रान्तिकारीका सुनारले ५५८ मत ल्याए भने अनेरास्ववियुका जोशीले ४२७ मत ल्याउन सकेका हुन् । यस्तै सचिवमा पनि नेविसंघकै उम्मेदवार ओम प्रकाश वस्ती,कोषध्यक्षमा अखिल क्रान्तिकारीका उम्मेदवार धर्मराज तिम्लिसेना निर्वाचित भएका छन् ।

तीन हजार ५ सय ९० मतदाता रहेको यहाँ दुई हजार ५७ मत खसेको थियो । चुनावमा सहभागी हुन क्याम्पसमा विभिन्न ११ ओटा सङ्गठन तथा समूहबाट विद्यार्थीहरूले विभिन्न पदमा उम्मेदवारी दर्ता गराएका थिए ।

ad_wide