केएमसीमा अध्यनरत बिद्यार्थी दिपकले सञ्चालन गरे बुद्धचोकमा नास्ता पसल

धनगढी- कैलाली बहुमुखी क्याम्पसमा अध्यनरत बिद्यार्थी तथा राष्ट्रिय उसु खेलाडी दिपक चौधरीले नेपालमै केही गर्नु पर्छ भन्नै उद्देश्यले बुद्घ चोकमा नास्ता पसल सञ्चालन गरेका छन् ।

पछिल्लो समय नेपालमा बस्ने युवाहरुको संख्या घट्दै गएको समयमा नेपालमै केही गर्न सकिन्छ भन्ने कुरा देखाउने आफ्नो सोच रहेको र आफुु भन्दा पछाडिका पुस्तालाई केही सकारात्मक उर्जा मिलोस भनेर आफुले यो पसलको सञ्चालन गरेको चौधरी बताउछन् । अहिले पसलमा समान्य नास्ताका परिकार राखेकोे र आगामी दिनमा यसलाई बृहत रुपमा धनगढी भरि होम डेलिभरीको समेत सोच रहेको चौधरीको भनाई रहेको छ् ।

आफु खेल क्षेत्रमा रहेको र खेल क्षेत्रमा रहेका बिद्यार्थीको कमाउने माध्यम केही नहुने भन्ने समाजमा नकारात्तमक भनाई रहेको र सोही कुराको चिरफार गर्न र खेलाडीलाई समेत हिम्मत मिलोस भन्ने आफ्नो सोचाई रहेको उनी बताउछन् । अहिले सानो लगानिमा क्याम्पस पढ्ने बिद्यार्थी र बिध्यालयका बिद्यार्थीलाई स्वास्थ्यलाई मध्यनजर गर्दै नास्ताका परिकार तयार पारेको र शुक्रवार र शनिवार चौधरी समुदायको लोकप्रिय परिकारमा ढिक्री लगायत अन्य परिकार समेत पाईने उनले बताए ।

ad_wide