धनगढी – केएमसी म्युजिक क्लबद्वारा आयोजित दशैं विशेष बृहत सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ ।
हिजो (सोमबार) केएमसी म्युजिक क्लबद्वारा उक्त बृहत सांस्कृतिक कार्यक्रम गरिएको हो। केएमसी म्युजिक क्लबकी अध्यक्ष अनिता धामीको अध्यक्षता र कैलाली बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख तोयराज भट्टको प्रमुख आतिथ्यता कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा कैलाली बहुमुखी क्याम्पमा अध्यनरत बिध्यार्थी तथा अन्य कलाकारको समेत प्रस्तुती रहेको थियो ।
त्यस्तै कार्यक्रममा पूर्व पदाधिकारीहरूलाई सम्मान गरिएको थियो र अन्य विभिन्न व्यक्तिहरूलाई सम्मान तथा मायाको चिनो समेत प्रदान गरिएको थियो । कार्यक्रममा क्याम्पसमा अध्यापनरत प्राध्यापकहरू स्ववियु अध्यक्ष यमराज जोशी, विभिन्न संगठनका विद्यार्थी नेताहरू र क्याम्पसमा अध्ययनरत विद्यार्थीहरूको उपस्थिति रहेको थियो।
कर्यक्रममा बोल्दै केएमसी म्युजिक क्लबले कैलाली बहुमुखी क्याम्पसमा विभिन्न प्रतिभाहरू प्रस्फोटन गर्ने कार्य गरिरहेको कार्यक्रमका प्रमुख अतिथि तथा क्याम्पस प्रमुख तोयराज भट्टले बताए । यस्तै केएमसी म्युजिक क्लबले विगतमा विभिन्न राष्ट्रिय कलाकारहरू बोलाएर कार्यक्रम गराउँदै आइरहेको र यस वर्ष भने स्थानीय प्रतिभालाई जोड दिइएको क्लबकी अध्यक्ष अनिता धामीले बताइन ।
विभिन्न व्यक्तिमा भएको प्रतिभा प्रस्फोटन गर्ने र आफ्नो कला संस्कृतिलाई जोगाउने उद्देश्यले उक्त कार्यक्रमको आयोजना गरिएको अध्यक्ष धामीले बताइन ।