धनगढी,२४ चैत /यही चैत २७ गते सुदुरपश्चिम बिश्वबिद्यालय अन्तरगतका क्याम्पसहरुमा स्वतन्त्र बिद्यार्थी युनियन ९स्वबियु० को निर्वाचन हुँदै छ । सुदुरपश्चिम बिश्वबिद्यालय अन्तरगतको कैलाली बहुमुखी क्याम्पस (केएमसी)मा पनि २७ गते निर्वाचन हुँदै छ । कैलाली बहुमुखी
क्याम्पसको सभापतिमा नेपाल बिद्यार्थी सघं (नेबिसघं) का तर्फबाट सन्तोस पन्त उमेदवार छन् । एक कार्यकाल सचिव भएर काम गरिसकेका पन्त अब सभापति बन्न उमेदवार बनेका छन् । उनले पत्रकार सम्मेलनको आयोजना गर्दै घोषणापत्र सार्वजनिक गरेका छन् ।
८. सुदूरपश्चिम प्रदेश कै सुविधा सम्पन्न पुस्तकालय निर्माणका लागि पहल गर्ने ।
९. K.M.C लाई वैचारिक थलो बनाउनलका लागि K.M.C DEBATE FORUM को स्थापना गरिने ।
१०. विभिन्न खेलकुदहरुका लागि छुट्टाछुट्टै खेल मैदान निर्माण तथा स्तरउन्नति गर्न पहल गर्ने ।
११. क्याम्पसलाई शान्ति क्षेत कायम गर्न CCTV CAMERA, COMPOUND BOUNDARY, NO HORN, SPEED LIMIT AREA बनाउन पहल गर्ने ।
१२. क्याम्पसमा भएका विभिन्न सभाहल लाई व्यवस्थित गर्दै SOUND PROOF र प्रविधि मैली बनाउन पहल गर्ने ।
१३. छात्रबासका लागि निर्मित भवन लाई व्यवस्थित रुपमा संचालनमा ल्याउन र छालावास (GIRLS HOSTEL) को निर्माणका लागि पहल गर्ने ।
१४. आधुनिक र व्यवस्थित CANTEEN को स्थापनाका लागि पहल गर्ने ।
१५. क्याम्पस परिसरमा तातोरचिसो शुद्द पिउने पानिको व्यवस्थाका लागि पहल गर्ने ।
१६. SKILL DEVELOPMENT कार्यक्रम अन्तर्गत विधार्थीहरुको कला, ज्ञान र क्षमताको अभिवृद्धिका लागि विभिन्न कार्यक्रमहरुको आयोजना गरिनेछ ।
१७. सम्पूर्ण संकायका लागि आवश्यक खेल सामाग्री खरिद,MUSIC INSTRUMENT हरुको खरिद, साँस्कृतिक पोसाक खरिद आदिका लागि पहल गर्ने।
१८. शिक्षा संगै संस्कार अभियानलाइ निरन्तरता दिईने ।
संकायगत योजनाहरु :
क. BSC FORESTRY का लागि LAB र BUS को व्यवस्थाका लागि पहल गर्ने ।
ख. BHM का लागि सुविधा सम्पन्न LAB र आवश्यक सामग्रीको व्यवस्थाका लागि पहल गर्ने।
ग. BSC CSIT र BED CSIT का लागि आवश्यक सामाग्री रLAB व्यवस्थापनका लागि पहल गर्ने।
घ. BSC का लागि आवश्यक LAB को व्यवस्था र स्तरउन्नतीका लागि पहल गर्ने ।
ङ. B.A तर्फ आम संचारका लागि रेडियोको थप स्तरउन्नति र अनलाइन टेलिभिजनमा बिस्तार गर्न पहल गर्ने र BSW का लागि FIELD VISIT. ।
WORKSHOP जस्ता गतिविधिमा संलग्न गराउन पहल गर्ने ।
च. BALLB का लागि MOOT COURT, DEBATE FORUM जस्ता गतिविधिमा संलग्न गराउने ।
छ.BBA,BBS कार्यक्रमहरुका लागि विभिन्न ORIENTATION, BANK तथा लोकसेवातयारी कक्षा र PAID INTERNSHIP जस्ता गतिविधिमा संलग्न गराउन पहल गर्ने ।
ज.BED तर्फका लागि शिक्षक सेवा तयारी कक्षा, शिक्षक सेवा लाइसेन्स तयारी कक्षा आदि कार्यक्रमको आयोजना तथा गतिविधिमा सेला गराउने ।
साथै विभिन्न समय परिस्थितिमा उठने विद्यार्थीका हरेक मुद्दामा शसक्त आवाज उठाउने।
नेबिसघंबाट सचिवमा ओम प्रकाश वस्ती, कोषाध्यक्षमा प्रमिला शाह, सदस्यहरुमा राम रोकाया, सरिता भट्ट, पुजन बिष्ट, जनक खड्का, देवेन्द्र धामी, बिनिता चौधरी, राम बहादुर बोगटी, पुजा ओड, गणेस दाहाल उमेदवार बनेका छन् । पत्रकार सम्मेलनमै नेबिसघंमा आवद्ध बिद्यार्थी तेज जगं मल्लले आफ्नो उमेदवारी फिर्ता लिएको बताउँदै सन्तोस पन्तलाई सघाउने घोषणा गरेका छन् ।