बुधबार, जेष्ठ १, २०८२

कैलारी गाउँपालिका अध्यक्ष राजसमझले फिर्ता गरेन खुशीरामको जग्गा – खुशीराम न्यायका लागि पुगे जिल्ला प्रशासन कार्यालय

शेरबहादुर ऐर
धनगढी– कैलारी गाउँपालिका वडा नम्बर ४ बस्दै आएका खुशीराम चौधरीले गाउँपालिका अध्यक्ष राजसमझ चौधरीले र न्यायिक समितिले सुनुवाई नगरेपछि जिल्ला प्रशासन पुगेका छन ।
गाउँपालिका अध्यक्ष राजसमझले खुशीरामको जग्गा फिर्ता नगरेपछि उनी न्यायका लागि सोमबार प्रशासन पुगेका हुन । उनले प्रमुख जिल्ला अधिकारी गोगनबहादुर हमाललाई भेटघाट गर्दै गाउँपालिका अध्यक्ष राजसमझले आफुमाथि अन्याय गरेको खुशीरामले बताएका थिए ।
गाउँपालिका अध्यक्ष राजसमझले हड्पेको जग्गा फिर्ता गराई पाउँ भनी खुशीरामकी श्रीमतिले गाउँपालिकाको न्यायिक समितिमा निवेदन दर्ता गराएकी थिइन । तर, अहिलेसम्म सो समितिले उनको निवेदनको कुनै सुनुवाई गरेको छैन ।


माघमा दर्ता भएको सो निवेदनमा गाउँपालिका अध्यक्ष राजसमझकै स्वार्थमा छलफल हुन नसकेको जनाइएको छ । गाउँपालिका अध्यक्ष र उपाध्यक्ष नेपाली काँग्रेस निकट हुन । सो कारण उपाध्यक्षले राजसमझलाई संरक्षण गर्न सो विषयमा छलफल गर्न नसकेको जनाइएको छ । खुशीरामका बुबा विरामी हुँदा जग्गा धितो राखी उनले राजसमझबाट ऋण लिएका थिए । ऋण तिरेपछि जग्गा फिर्ता गर्ने सहमति अनुसार खुशीरामले २३ लाख ऋण लिएका थिए । अहिले राजसमझले उनको केही जग्गा विक्री गरिसकेका छन । राजसमझले उनको जग्गा विक्री गर्न लागेपछि खुशीरामले जिल्ला प्रशासन कार्यालय कैलाली, विभिन्न पार्टी कार्यालय गुहारे । तरपनि राजसमझले जग्गा फिर्ता गरेनन । अहिले न्यायिक समितिमा निवेदन दिँदा समेत जग्गा फिर्ता हुन सकेको छैन ।
खुशीरामले आफनो खेतीयोग्य जमिन २०७३ साल कार्तिक ११ गते साविकको हसुलिया गाउँ विकास समितिको घरबाटो प्रमाणित गराई दर्ता श्रेष्ता भएको कित्ता नम्बर ३१९, ३२१, २९९, ३७७, ३८४, ३१४, ३९३, ३९७ र ३८५ को जग्गा फिर्ता गर्ने सर्तमा रकम लिएका थिए । उनका बुबा कल्पनाथ डंगोरा थारु विरामी भएपछि उपचार खर्च लिएको उनले स्वीकार गरेका छन् । गाउँपालिका अध्यक्षले सो जग्गा आफनी श्रीमति सविता कुमारी चौधरीका नाममा २०७३ साउन १८ गते जग्गाधनी प्रमाणपत्र लिएका थिए ।
गाउँपालिका अध्यक्षले सो जग्गा आफनी श्रीमति सविता कुमारी चौधरीका नाममा २०७३ साउन १८ गते जग्गाधनी प्रमाणपत्र लिएका थिए । हामीसंग खुशीरामले उपभोग गर्दै आएको जमिनबारे गाउँपालिका अध्यक्ष राजसमझले दाबी गरेको भनिएको पाँच कठ्ठा जमिन अहिले सांग्रिला बैंकबाट लिलाम भइसकेको छ ।
राजसमझले आफ्नो बचाउँ गर्दै जग्गा खरिद गरेको बताएपनि २०७३ सालमा जग्गा खरिद पक्रिया, खुशीराम संग भएको सहमति, खुशीरामले लिएको रकम लगायतका प्रमाण’ भने पेश गरेनन् । खुशीरामकी जेठी श्रीमति अहिले सांग्रिला बैंकले लिलाम गरेको जग्गामा बसोबास गर्दै आएका छन भने खुशीराम कान्छी श्रीमति र परिवारसहित भारतको गुजरातमा रहेको स्थानीयबासी बताउँछन् ।
गाउँपालिका अध्यक्ष राजसमझले भने –‘खुशीरामका जग्गा टुक्रा–टुक्रा छन् । मेरा लागि काम लाग्दैन । अहिले ९० हजारका दरमा खरिद गर्न भनेको थिए । उसले एक रुपैयाँ दिएको छैन्’ उनले भनेका थिए– ‘खुशीरामले उही कित्ता कसैलाई विक्री गरेको छ । उही कित्ता कसैलाई बन्धकीमा दिएको छ । बरु यसो छ भने म संग भेटाई दिनुहोला ।’

गाउँपालिका अध्यक्षले सो जग्गा आफनी श्रीमति सविता कुमारी चौधरीका नाममा २०७३ साउन १८ गते जग्गाधनी प्रमाणपत्र लिएका थिए ।
अहिलेसम्म जग्गा नपाएपछि खुशीरामकी जेठी श्रीमति अहिले गाउँपालिकाले आफुलाई अन्याय गरेको गुनासो गरिन । उनका विषयमा न त विभिन्न पार्टीले आवाज उठाईदिएको छ न त न्यायिक समिति, प्रशासनले छलफल गराएको छ ।

ad_wide