मङ्लबार, बैशाख ९, २०८२

कैलारी हसुलियामा ६८ औं राष्ट्रिय सहकारी दिवस मनाईयो

कैलारी गाउँपालिका काे हसुलियामा ”मर्यादित सहकारीः समुन्नत समाज” भन्ने नारा का साथ ६८ अाै राष्ट्रिय सहकारी दिवस मनाएकाे छ । कैलारी गाउँपालिकामा रहेका सहकारी संस्थाहरु, बि.एफ.सि क्लब कैलारी र सिएमसि कैलारी काे संयुक्त आयाेजनामा भब्यताका साथ सम्पन्न भएकाे छ ।

६८ औं सहकारी दिवस मुल आयाेजक समितिकि संयाेजक काैशी बाेहराकाे सभापतित्वमा भएकाे कार्यक्रमकाे प्रमुख अतिथि कैलारी गाँउपालिका उपाध्यक्ष भगवती चाैधरी रहनु भएकाे थियाे भने स्वागत मन्तब्य बि.एफ.सि क्लबका अध्यक्ष युव राज जाेशीले दिएका थिए ।

कार्यक्रममा शुभकामना मन्तब्य हिमशिखर बहुउद्देश्यीय सहकारी संस्था लिका उपाध्यक्ष राेशन सिंह र रक्तसञ्चार केन्द्र धनगढी कि प्राविधक साेनिका बखरियाले दिनु भएकाे थियाे । साेहि अबसरमा रक्तदान कार्यक्रम काे पनि आयाेजना गरिएकाे थियाे । २८ जना रक्तदाताले रगत दान गरेका थिए ।

ad_wide